व्यवस्थापन अध्यापनमा अब्बल शुभश्री

व्यवस्थापन अध्यापनमा अब्बल शुभश्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको नयाँबानेश्वरमा सन् २०१३ मा खुलेको कलेज हो शुभश्री कलेज अफ म्यानेजमेन्ट । ब्याचलर्स इन होटल मेनेजमेन्ट बीएचएम र ब्याचलर्स अफ बिजनेश एडमिनिस्ट्रेशन बीबीएमा अध्यापन गराउँदै आएको यो कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त छ। 

ब्याचलर्स अफ कम्प्युटर इन्फरमेशन सिष्टम र माष्टर्स अफ बिजनेश एडमिनिष्ट्रेसनको पनि अध्ययन गराउने यो कलेज डीभी एजुकेशन नेटवर्कको भगिनी संस्था हो। व्यवसायिकतामा नयाँ आयाम ल्याउन आफ्नो शिक्षण पद्धतिमा आमूल परिवर्तन ल्याएको शुभश्रीले उत्कृष्ट पूर्वाधार, नवीनता, सीपमा आधारित ज्ञान र भविष्यमा जब प्लेसमेन्टसहित सिकाइको अनुकूल वातावरण प्रदान गर्दछ।

अत्याधुनिक प्रविधिसहितको ल्याबमा होटल मेनेजमेन्टका कक्षा सञ्चालन गर्ने शुभश्रीले विद्यार्थीलाई दक्ष बनाउने दाबी गर्छ।

अध्यापनको लामो अनुभव संगालेका प्राध्यापकको साथसहयोग रहेको यो कलेजले होटल मेनेजमन्टमा प्रयोगात्मक कक्षामा विशेष जोड दिंदै आएको छ। अत्याधुनिक प्रविधिसहितको ल्याबमा होटल मेनेजमेन्टका कक्षा सञ्चालन गर्ने शुभश्रीले विद्यार्थीलाई दक्ष बनाउने दाबी गर्छ। कलेजले इन्टर्नसिपका लागि स्वदेशसँगै बिदेशको पनि चाँजोपाँजो मिलाइदिने गरेको छ। अध्ययन पश्चात विद्यार्थीका लागि शुभश्री आफैं जब प्लेसमेन्टको बलियो आधार बन्न सक्नेछ।

विद्यार्थीमा राम्रो ज्ञान र व्यवसाय व्यवस्थापनको उचित वैचारिक आधार दिँदै शुभश्रीले व्यवसाय वा सार्वजनिक व्यवस्थापनका लागि विद्यार्थीमा आवश्यक पर्ने अब्बलस्तरको व्यवस्थापकीय क्षमता प्रदान गर्न सहयोग गर्दै आएको छ ।

मेनेजमेन्ट तर्फ ४ वर्षे बी.बी.ए कोर्समा खरो उत्रन इन्टर्नसिप र प्रोजेक्ट वर्कले विद्यार्थीमा मेनेजरियल स्किलको विकास गर्न मद्दत गरेको छ। विद्यार्थीमा राम्रो ज्ञान र व्यवसाय व्यवस्थापनको उचित वैचारिक आधार दिँदै शुभश्रीले व्यवसाय वा सार्वजनिक व्यवस्थापनका लागि विद्यार्थीमा आवश्यक पर्ने अब्बलस्तरको व्यवस्थापकीय क्षमता प्रदान गर्न सहयोग गर्दै आएको छ । समूहगत र व्यक्तिगतरुपमा काम गर्ने क्षमताको विकासका लागि विद्यार्थीलाई सधैं प्रोत्साहन गर्ने यो कलेजले व्यवस्थापनमा उच्च शिक्षा अध्ययनका लागि बीबीएमा बढी मेहेनत गर्दै आएको छ। 

विद्यार्थीको व्यक्तिगत र व्यवसायिक विकासमा सुधारको ग्यारेन्टी लिने यो कलेज अध्यापनमा उत्कृष्टताको लागि समर्पित योग्य कलेजका रुपमा स्थापित छ। 

सिकाइ र ज्ञानको गतिशील वातावरण भएको यो कलेजले आफ्ना शिक्षकहरुलाई निरन्तर तालिम दिने गरेको छ । विद्यार्थीलाई उपयुक्त वातावरण दिंदैं विश्वपरिवेश सुहाउँदो पाठ्यक्रमको विकास गर्दै लैजाने लक्ष्य शुभश्रीले राखेको छ । विद्यार्थीको व्यक्तिगत र व्यवसायिक विकासमा सुधारको ग्यारेन्टी लिने यो कलेज अध्यापनमा उत्कृष्टताको लागि समर्पित योग्य कलेजका रुपमा स्थापित छ। 

 

Logo