इस्लिङ्टन कलेजद्वारा पहिलोपटक विदेशी कलेजको व्यवस्थापन सम्हाल्दै

इस्लिङ्टन कलेजद्वारा पहिलोपटक विदेशी कलेजको व्यवस्थापन सम्हाल्दै

केन्द्रबिन्दु
0
Shares

इस्लिङ्टन कलेज, लण्डन मेट्रोपोलिटन विश्वविद्यालय, माइ सेकेण्ड टिचर र आरभीआई ग्रुप बीचमा लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको बीए (अनर्स) बिजनेस प्रशासन कोर्ष अध्ययन गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । 

शनिबार होटल याक एण्ड यतिमा आयोजना भएको हस्ताक्षर समारोहमा उक्त ग्रुप बीच लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको बिजनेस प्रशासन कोर्ष अध्ययन गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता अनुसार चार निकायले एकैसाथ शैक्षिक उन्नयनका लागि काम गर्ने भएका छन् । जस अनुसार विश्वविद्यालयले तयार गरेको पाठ्यक्रम म्यानमार र थाइल्याण्डमा अध्यापन गराइनेछ । कक्षा जनवरी सेसनबाट सञ्चालन हुनेछ ।

विश्वको चर्चित मानिएको आरभीजाई ग्रुपले विश्वविद्यालयको पाठ्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सम्पूर्ण सहयोग गर्नेछ ।  सिंगापुरमा कार्यालय रहेको आरभीआई ग्रुपले विश्वका २० शैक्षिक केन्द्र र ६ वटामा एकेडेमिक्समा काम गरिरहेको छ । आरभीआई ग्रुपले भियतनाम, इन्डोनेसिया, कम्बोडिया, म्यानमार, थाइल्याण्ड लगायत अन्य मुलुकमा काम गरिरहेको छ । सम्झौता अनुसार थाइल्याण्ड र म्यानमारमा अनलाईन कक्षा सञ्चालन गर्न यो ग्रुपले मुख्य भूमिका निर्वाह गर्ने जनाइएको छ । अनलाईन कक्षा सञ्चालन गर्न शिक्षकको पदपुर्ति लगायतका सम्पूर्ण काम माइ सेकेन्ड टिचरले गर्नेछ ।

इस्लिङटन कलेजले विद्यार्थीको स्नातकसम्मको यात्रामा सम्पूर्ण प्रक्रियालाई सहजीकरण गरेर यस साझेदारीमा प्रमुख भूमिका निर्वाह गर्ने जनाइएको छ ।

नेपालमा रहेको इस्लिङटन कलेजले बेलायतको प्रख्यात लण्डन मेट्रोपोलिटन विश्वविद्यालयसँग विगत १२ वर्षदेखि सहकार्य गर्दै ५ हजार भन्दा बढी विद्यार्थीले अध्ययन गरेको इनोभेट नेपाल ग्रुपका संस्थापक अध्यक्ष शुलभ बुढाथोकीले बताएका छन् । लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको सहकार्य र माई सेकेण्ड टिचरको प्ल्याटर्फम प्रयोग गरेर म्यानमार र थाइल्याण्डमा अध्यापन सुरु गर्न लागेको उनको भनाइ छ । साथै त्यसको सम्पूर्ण व्यवस्थापन इस्लिङ्टन कलेजले गर्ने जनाइएको छ । 

पहिलो पटक नेपालमा बनेको माई सेकेण्ड टिचर प्ल्याटफर्म २५ वटा देशमा १ लाख भन्दा बढी विधार्थीले प्रयोग गरिरहेका छन् भने ६ वटा ग्लोबल अवार्ड पाएको  संस्थापक अध्यक्ष बुढाथोकीले जानकारी दिए ।   

सम्झौतामा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा चार निकायका उच्च अधिकारीको उपस्थिति रहेको थियो । सम्झौतापत्रमा आरभीआइ ग्रुपका आर्गस एङ्ग, माइ सेकेन्ड टिचरका संस्थापक डा बेन्सन सुङ, इस्लिङट्न कलेज र इनोभेट नेपाल ग्रुपका संस्थापक अध्यक्ष शुलभ बुढाथोकी र लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा. वेन्डी ब्लोइसीले हस्ताक्षर गरेका छन् ।

Logo