इस्लिङ्टन कलेजको दिक्षान्त समारोह सम्पन्न

इस्लिङ्टन कलेजको दिक्षान्त समारोह सम्पन्न

केन्द्रबिन्दु
0
Shares

इस्लिङ्टन कलेजको दिक्षान्त समारोह सम्पन्न भएको छ ।

कमलपोखरीमा रहेको यस कलेजका स्नातकोत्तर तहअन्तर्गत एमएससी आइटी एण्ड एप्लाइड सेक्युरिटी विषयका ७२ जना विद्यार्थी दिक्षित भएका छन् । साथै बिजनेस विषयमा स्नातक तह गर्ने ९४ र आइटी तह पुरा गर्ने ८३५ विद्यार्थी गरी जम्मा ९२९ विद्यार्थी दिक्षित भएका छन् । 

सो अवसरमा विश्वविद्यालयका उप–कुलपति (एकेडेमिक) प्रोफेसर जुली हलले विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए । उनले विश्वभर सम्बन्धन प्राप्त कलेजमध्य यो कलेज उत्कृष्ट भएको बताउँदै भने- ‘यो महत्वपुर्ण अवसरमा सबै विद्यार्थीको सुखद भविश्यको शुभकामना दिन चाहन्छु ।’

साथै आइएनजीका संस्थापक अध्यक्ष शुलभ बुढाथोकीले लन्डन विश्वविद्यालयको हाई-याबकिबमा परेको यस कलेजमा उतिर्ण विद्यार्थीले नेपाल र विश्वका विभिन्न मुलुकमा उत्कृष्ठ स्थान हासिल गर्न सफल भएको बताए । उनले दिक्षित विद्यार्थीहरुको उज्वल भविष्यको शुभकामना दिए । 

कलेजले शनिबार र आइतबारका दिन दिक्षान्त समारोह आयोजना गरेको थियो । समारोहमा स्नातक तहअन्तर्गत विशेषज्ञताहरू बीएससी कम्प्युटिङ, बीएससी कम्प्युटर नेटवर्किङ एण्ड आइटी सेक्युरिटी, बीए एण्ड बीएसी मल्टिमिडिया टेच्नोलोजिजका ८७५ विद्यार्थी सहभागीता रहेको थियो । साथै अभिभावकहरुको पनि उल्लासमय उपस्थिति रहेको थियो । बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट नेपाल ग्रुपद्धारा सञ्चालित छ ।

Logo