इटहरी इन्टरनेसनल कलेजको दीक्षान्त समारोह सम्पन्न

इटहरी इन्टरनेसनल कलेजको दीक्षान्त समारोह सम्पन्न

केन्द्रबिन्दु
0
Shares

इटहरी स्थित इटहरी इन्टरनेसनल कलेजको सन् २०२२ मा पास भएका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न भएको छ । 

कलेजको बिहीबार आयोजित दिक्षान्त समारोहमा  बिए (अनर्स) बिजनेस प्रशासनका विषयमा स्नातक तह गर्ने १३ जना र बिएससि (अर्नस) कम्पुटिब तह पुरा गर्ने २१४ जना विद्यार्थी गरी जम्मा २२७ विद्यार्थी दिक्षित भएका हुन् । 

दिक्षित भएका विद्यार्थीहरुलाई विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा वेन्डी ब्लोइसीले प्रमाणपत्र प्रदान गरेका थिए । सो अवसरमा उनले भनेका थिए- ‘तपाँइहरुले जस्तो सोच राख्नु हुन्छ, आउने दिनहरु त्यस्तै पाउनु हुनेछ । ज्ञानले जीवनमा ठूलो प्रभाव पार्छ त्यसै गरी सकारात्मक सोचले हाम्रो जिवनमा राम्रो परिवर्तन ल्याउँछ ।’ 
 
दिक्षान्त समारोहमा बोल्दै आइएनजीका संस्थापक अध्यक्ष शुलभ बुढाथोकी भने ‘आजको युगमा बैदेशिक शिक्षा लोकप्रिय बन्दै गएको छ, त्यसैले हजुरहरु बिदेशिए पनि आफ्नो शिक्षा पुरा गरेर आफ्नै देश फर्कनुहोस् र देशको विकाशमा योगदान पुर्याउनु होस् ।’

वार्षिक कार्यक्रम अनुसार दीक्षान्त समारोहमा आयोजना गरेको कलेजले जनाएको छ । सो कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई इनोभेट नेपाल ग्रुपले छात्रवृति उपलब्ध गराएको छ । दिक्षान्त समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू बिएससि (अर्नस) कम्पुटिब र बिए (अनर्स) बिजनेस प्रशासनका विद्यार्थीलगायत अभिभावकहरुको उल्लासमय उपस्थिति रहेको थियो ।  

Skip This
Skip This
Logo