इन्फर्मेटिक्स कलेज पोखराको दिक्षान्त समारोह सम्पन्न

इन्फर्मेटिक्स कलेज पोखराको दिक्षान्त समारोह सम्पन्न

केन्द्रबिन्दु
0
Shares

इन्फर्मेटिक्स कलेज पोखराको दिक्षान्त समारोह सम्पन्न भएको छ । 

कलेजले आइतबार वार्षिक कार्यक्रम अनुसार आयोजना गरेको दीक्षान्त समारोहमा बिए (अनर्स) बिजनेस प्रशासनका विषयमा स्नातक तह गर्ने १३ जना र बिएससि (अर्नस) कम्प्युटिब तह पुरा गर्ने१६८ जना विद्यार्थी गरी जम्मा १८१ जना विद्यार्थी दिक्षित भएका छन् । 

समारोहमा विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा.वेन्डी ब्लोइसीले विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए । “तपाँइहरुले जस्तो सोच राख्नु हुन्छ, आउने दिनहरु त्यस्तै पाउनुहुनेछ ।” सो अवसरमा उनले भने, “ ज्ञानले जीवनमा ठूलो प्रभाब पार्छ त्यसै गरी सकारात्मक सोचले हाम्रो जिवनमा राम्रो परिवर्तन ल्याउँछ ।”

साथै आइएनजीका संस्थापक अध्यक्ष शुलभ बुढाथोकीले यहाँ अध्ययनरत विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट ब्यापारिक प्रतिष्ठानमाहरुमा रोजगार पाइरहेको बताए । उनले वेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट रहेको दाबी गर्दै यहाँ पढ्ने विद्यार्थीहरु सुचना प्रविधि क्षेत्रमा अग्र स्थानमा रहेको धारणा राखे । 

समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू बिएससि (अर्नस) कम्प्युटिब र बिए (अनर्स) बिजनेस प्रशासनका विद्यार्थी र उनीहरुका अभिभावकहरुको उल्लासमय उपस्थिति रहेको थियो ।

Skip This
Skip This
Logo