समृद्धि स्कुलले अन्तरविद्यालय कोडिङ्ग प्रतियोगिताको सह-आयोजना गर्दै

समृद्धि स्कुलले अन्तरविद्यालय कोडिङ्ग प्रतियोगिताको सह-आयोजना गर्दै

केन्द्रबिन्दु
0
Shares

समृद्धि स्कुलअन्तर्गतको काठमाडौं बिजनेश क्याम्पस र नेपाल स्टेम अलायन्स एनएसएबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

आज दिउँसो समृद्धि स्कुल भवन बालाजुस्थित सभाहलमा आयोजित कार्यक्रममा समृद्धि स्कुल तथा काठमाडौं बिजनेश क्याम्पसका सिईओ तथा प्रिन्सीपल नरेश प्रसाद श्रेष्ठ र एनएसए का संयोजक सुसन डंगोलले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । 

समझदारी पत्रमा एनएसएले आयोजना गर्न लागेको काठमाडौं भित्रका विद्यालयस्तरीय कोडिङ्ग प्रतियोगीतामा काठमाडौं बिजनेश क्याम्पसले सहआयोजना गर्ने विषय समावेश छन्‌ । स्कुलका विद्यार्थीहरुको कोडिङ्ग क्षमता अभिवृद्धि गर्दै बृहत रूपमा कोडिङ्गसम्बन्धी अभिरूचि जगाउने यस प्रतियोगीताको उद्देश्य रहेको बताइएकाे छ । 

Logo