त्रिविका क्याम्पसमा आजदेखि हिउँदे बिदा, तोकिएका परीक्षा नियमित हुने

त्रिविका क्याम्पसमा आजदेखि हिउँदे बिदा, तोकिएका परीक्षा नियमित हुने


त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आजदेखि २२ दिनसम्म जाडो (हिउँदे) बिदा दिएको छ।

त्रिवि कार्यकारी परिषद्ले त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आजदेखि हिउँदे बिदा दिने निर्णय गरेको थियो। पठनपाठन बन्द हुने भए पनि प्रशासनिक काम र तोकिएका परीक्षा भने नियमित सञ्चालन हुने त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए। त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन्।

Logo