विद्यार्थी विदेश पुगेपछि पनि हरेक पाइलामा सहयोग गर्न वेद तत्पर रहन्छः निर्देशक कार्की

विद्यार्थी विदेश पुगेपछि पनि हरेक पाइलामा सहयोग गर्न वेद तत्पर रहन्छः निर्देशक कार्की


पछिल्लो समय अध्ययनको शिलशिलामा विदेश जानेको संख्या निकै बढ्दै गएको छ । विभिन्न एजुकेसन कन्सल्टेन्सीबाट परामर्श लिएर विद्यार्थीहरु बाहिर पढ्न जान्छन् । त्यही मध्येको एक हो, वेद इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी । यो कन्सल्टेन्सी कसरी स्थापना भयो ? यसले कुन–कुन देशमा अध्ययन गर्न पठाउँछ ? विद्यार्थीलाई कस्ता सेवा उपलब्ध गराउँदै आएको छ ? त्यहीँ विषयमा हामीले वेद इन्टरनेशनल  एजुकेसन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक आशिष कार्कीसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, निर्देशक कार्कीसँग केन्द्रबिन्दुले गरेको कुराकानीको सम्पादित अंशः

  • वेद एजुकेसन कन्सल्टेन्सीको इतिहासको बारेमा भनिदिनुस् न, कसरी स्थापना भयो ?

वेद इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सी सन् २०१० मा स्थापना भएको हो । केही शिक्षित वर्गहरु मिलेर स्वदेशमै बसेर अध्ययन गर्न चाहाने वा विदेशमा गएर अध्ययन गर्न चाहाने विद्यार्थीहरुलाई आवश्यक पर्ने सेवा सुविधाहरु कसरी दिन सकिन्छ भन्ने परिकल्पनाबाट यो स्थापना भएको हो । स्थापना भएका दिनदेखि नै विद्यार्थीलाई साना–साना सामान साथै अध्ययनमा मदत पु-याउन आवश्यक पर्ने ट्युसनलगायत तालिमसमेत दिन सुरु गरियो । सुरुवात गर्दै गएपछि वैदेशिक शिक्षाको लहर पनि बढ्दै गयो । सन् २०१० देखी ०१२ को बिचमा अस्ट्रेलियाको माग पनि एकदमै बढ्न थाल्यो । र यस कन्सल्टेन्सीले पनि डिमान्ड अनुसारको अध्ययन गर्न चाहने विद्यार्थीलाई सहयोग गर्दै अगाडि बढ्न थाल्यो । सहयोग गर्दागर्दै सयौं विद्यार्थीहरुलाई वेद इनटरनेशनल कन्सल्टेन्सीले अस्ट्रेलियामा अध्ययन गर्न सहयोग गर्न सक्षम भयो । वेद इन्टरनेशनलमा शिक्षित तथा दक्ष टिमको महसुस गर्दै बेला बखतमा थप्दै गयो । त्यसदिन पछि आजको अवस्थामा वेद इन्टरनेशनल छ ।

  • यो कन्सल्टेन्सीले बाहिर अध्ययन गर्न चाहने विद्यार्थीलाई के कस्तो सुविधा दिँदै आएको छ ? र वेद इन्टरनेशनल अरु भन्दा किन फरक छ ?

वेद इन्टरनेशनल अरु कन्सल्टेन्सीभन्दा के फरक छ भने हामीले अहिले एउटै छातामुनी नै विदेश अध्ययन गर्न चाहने विद्यार्थीलाई अथवा स्वदेशमै अध्ययन गर्न चाहने विद्यार्थीलाई आवश्यक पर्ने सम्पूर्ण सेवा सुविधा दिइरहेका छौं । हाम्रो मुख्य लक्ष्य विद्यार्थीलाई इच्छा र दक्ष अनुसारको राम्रो युनिभर्सीटी वा कलेजमा एड्मिशन गराउनु हो । त्यो बाहेक विद्यार्थीलाई अन्य आवश्यक पर्ने कुराहरु जस्तै, सपोर्टिङहरु, एक्जुलर्ली सर्भिसेसहरु दिन्छौँ । जस्तै, उदाहरणका लागि हामी यहाँ टेस्ट प्रिपिरेसनको आयल्स र पिटिइको र टफेलको क्लासहरु पनि दिँदै आएका छौं ।  साथसाथै टेस्ट प्रिपिरेसनको डेट बुकिङको  लागि पनि हामी सहयोग गर्छौ । हामी टफेलको, पिटिइको आधिकारीक एजेण्ट पनि हौं । विद्यार्थीलाई इक्जाम ओरिन्टेड भएर क्लासहरु दिन्छौं र अथराइज सोर्सेहरु पनि उपलबध गराएर इक्जामको डेट बुकिङ पनि हामीले गरिदिन्छौं । अर्को, युनिभर्सीटीमा अध्ययन गर्नु पश्चात् भिजा लागेपछि  र विद्यार्थीहरु उता गएपछि  आवश्यक पर्ने सम्पूर्ण कुराहरुको व्यवस्था पनि यसै छाताबाट गर्दै आएको छ । एउटा विद्यार्थीलाई आवश्यक पर्ने कुराहरु जे–जे सेवाहरु हुन्छ त्यो हामी यहाँबाट उपलब्ध गराउँदै आएका छौं ।

हामी टफेल, पिटिइको आधिकारीक एजेण्ट पनि हौं ।

  • वेदले विद्यार्थीलाई सुहाउने विश्वविद्यालय र डिग्री कार्यक्रमहरुको लागि कसरी सिफारिस गर्छ र यसमा के –के कुराहरमा विचार गर्नुपर्छ ?

विद्यार्थी यहाँ आउँदा सर्वप्रथम हामी फ्रि-स्कोरिङ गर्छौ । उहाँहरु कुन ब्यागग्राउण्ड, कुन फ्याकल्टीबाट आउनु भएको छ र लिएको ग्रेडहरु सबै हेर्छौ । र त्यसपछि उहाँ कुन विषयको राम्रो गर्न सक्नुहुन्छ । भनेर त्यो छुट्याउन सक्छौं । दाेस्रो भनेको हामी फाइनान्सिङ स्क्रोलिङ गर्छौ । विदेश जाने विद्यार्थीका लागि यो एकदमै आवश्यक पनि हुन्छ । विद्यार्थीको परिवारको आर्थिक अवस्था के छ ? कस्ता विश्वविद्यालयमा उहाँले पढ्न सक्नुहुन्छ । हामी त्यो स्क्रोलिङ गर्छौ र हामी उहाँको सामाजिक गतिविधी पनि नियाल्छौं । 

  • यो कन्सल्टेन्सीले हालसम्म अमेरिका, अष्ट्रेलिया र बेलायतका विश्वविद्यालयमा कति विद्यार्थीहरु भर्ना गरेको छ ? 

हामीले अहिलेसम्म सयौं विद्यार्थीहरुलाई पठाइसकेका छौं । रेसियोको कुरा गर्दा स्थापना कालदेखि अहिलेसम्म अस्ट्रेलिया ८० प्रतिशत जान सफल भए र युएसमा १० देखि १५ प्रतिशत मात्र छ । किनकी युएसमा उनीहरुको भिजा नीति नै त्यहीँ अनुसारको भएर लगभग सबैले भिसा पाउने नेचरका छैनन् । थोरै संख्यामा मात्र लाने उनीहरुको टार्गेट भएर त्यती मात्र हुन्छ । युकेको लागि चाहीँ हाम्रोमा १०० प्रतिशत नै छ ।

हाम्रोमा भिजा रेसियो अस्ट्रेलिया ८० प्रतिशत र युके शत प्रतिशत छ ।

  • वेदले बाहिर जाने विद्यार्थीहरुका लागि छात्रवृत्ति प्राप्त गर्न कसरी सहयोग गर्छ र विद्यार्थीलाई कस्तो प्रकारको छात्रवृत्ति उपलब्ध गराउँछ ?

छात्रवृत्तिको कुरा गर्दा यो कन्सल्टेन्सीले विद्यार्थीलाई आर्थिक रुपमा सहज होस् भनेर छात्रवृत्तिलाई प्रथमिकता दिन्छौं । फुल स्कलर्सिप मात्र नहेरीकन विद्यार्थीलाई सहज हुने अन्य कुनै स्कलर्सिप छन् भने हामी त्यो पनि लोकेड गर्दिन्छौं । मिरेड बेस स्कलर्सिप पनि हुन्छन् । जस्तै, कोही खेलमा अब्बल हुन्छ, कोही म्युजिकमा अब्बल हुन्छन् तर, उनीहरुको स्कोर राम्रो हुँदैन । उनीहरुसँग जे दक्षता छ त्यहीको आधारमा उनीहरुलाई लान पनि सक्छौं । त्यसको लागि मात्र स्कलर्सिप हैन कि हामी विद्यार्थीलाई पहिले राम्ररी चिनेर ऊ भित्र भएको दक्षतालाई विश्वविद्यालयमा जानकारी दिएर त्यही अनुसारको स्कलर्सिप दिन हामी मदत गर्छौ ।

  • यहाँका काउन्सिल र स्टाफहरुको योग्यता र तालिमको बारेमा भनिदिनुस् न ।

हाम्रा काउन्सिलहरु क्युयूएसी ट्रेनिङ प्राप्त हुनुहन्छ । यो चाहिं बिशेषगरी अस्ट्रेलिया जानेको काउन्सिलिङ गर्नका लागि लिइने डिग्रि हो । लाइसेन्स होल्डर पनि हुनुहुन्छ । साथसाथै नेपाल सरकारको मापदण्ड अनुसार टिआईटिआई तालिम प्राप्त काउन्सिलर पनि हामीसँग हुनुहुन्छ । हामीसँग मास्टर क्लियर गरेका नै धेरै छन् र मिनिमम पनि हाम्रा काउन्सिलरहरु ब्याचर क्लियर गरेका हुनुहुन्छ । यसका साथै हाम्रा काउन्सिलरहरु कम्तिमा ५ वर्ष काम गरिसकेको हुनुहुन्छ । त्यसैले हाम्रा काउन्सिलरहरु एकदमै दक्ष हुनुहुन्छ ।

  • तपाईको कन्सल्टेन्सीले विद्यार्थीहरु विश्वविद्यालयमा भर्ना भइसकेपछि र विदेशमा अध्ययन गर्ने तयारी गरिसकेपछि उनीहरुलाई कस्तो प्रकारको सहयोग उपलब्ध गराउँछ ?

यसमा हामीले गर्छु भनेर भन्दा पनि गरेर देखाउनु हो । हामीले गरेका पनि छौँ । सबै परिवार जस्तो नै भएको छ । आज हाम्रोबाट कुनै व्यक्ति सिड्नी जान रुचाउँछ वा कुनै सहर जान रुचाउँछ त्यहाँ कोही आफन्त छैनन् भने सर्वप्रथम हामी अक्मोडिसन उपलब्ध गराउन हामी सक्षम छौँ । यति गर्दा मात्र पनि भएन भने कुनै एउटा साथीको साथ सहयोग चाहियो भने हामीकहाँबाट गएका पुराना विद्यार्थीहरूलाई अनुरोध गरेको खण्डमा सानो सानो कुराहरू सिकाइदिनुहुन्छ । त्यसैले हामी गइसकेपछि पनि सहयोग चाहिएको खण्डमा सहयोग दिन्छौँ । विगतमा पनि त्यो कामहरू गरेको छ र भविष्यमा पनि त्यो सर्भिस दिन्छौँ ।

  • यो कन्सल्टेन्सीले कोरोना महामारीमा कस्ता चुनौतीहरू सामना गर्‍यो ? र यो कठिन समयपछि पनि विद्यार्थीहरू विदेशमा पढ्ने आफ्नो सपना पूरा गर्न सक्षम छन् भन्ने देखाउन तपाइहरूले के कस्ता कदमहरू चाल्नुभएको छ ?

कोभिडको समयमा हामी धेरै विद्यार्थीसँग सम्पर्कमै थियौँ । हामी विभिन्न संस्थाका अध्यक्षहरू विभिन्न व्यक्तिहरू र हाम्रा विद्यार्थीसँग हामी सम्पर्कमा बसिरहेका थियौँ । कहाँ के सहयोग आवश्य पर्छ हामी तत्पर अवस्थामा नै बसिरहेका थियौ । हामीले सोचेजस्तो विद्यार्थीहरूले दुःख पाएनन् । फी पेमेन्ट गर्न चाहिँ त्यो बेला अलिकति गाह्रो भएको थियो । तर त्यति बेला पनि हामीले विद्यार्थीलाई सहयोग गरिरहेका थियौँ । एकैचोटी तिर्नुपर्ने फी पेमेन्टहरू किस्ता किस्ता गरेर दिन मिल्ने वातावरण बनाएका थियौं । त्यो हामीले विद्यार्थीलाई सहयोग गरेका थियौँ । कोभिडको समयमा पनि एनआरएनए, इक्यान, एमबिएसी जस्ता विभिन्न सरकारी निकायहरूसँग समान्वय गरेर सहयोग गर्न सफल भयौं ।

कोभिडको समयमा पनि एनआरएनए, इक्यान, एमबिएसी जस्ता विभिन्न सरकारी निकायहरूसँग समान्वय गरेर सहयोग गर्न सफल भयौं ।

  • अब्रोड एजुकेसनमा परामर्शदाता, शैक्षिक संस्थाहरूका कारण यो क्षेत्रमा थुप्रै विकृति आएका छन् भनिन्छ, यसबारेमा के भन्नुहुन्छ ?

यो भनेको शिक्षाको कमीले गर्दा हुने गर्दछ । यसमा विद्यार्थीहरू सबैभन्दा राम्रो काउन्सिलर कुन हो भनेर काउन्सेलिङ गर्न सक्नुपर्छ । कन्सल्टेन्सी राम्रो कुन हो भनेर चिन्न सक्नुपर्छ । राम्रो कन्सल्टेन्सी छट्याउनको लागि सर्वप्रथम इक्यानको सदस्य हो कि हैन बुझ्नुपर्छ । विद्यार्थीले जान्नुपर्छ । इक्यानमा सदस्य भएका मात्र कन्सल्टेन्सिहरु राम्रा हुन्छन् भन्ने हुँदैन । इक्यानमा सदस्यता लिएकाहरूले केही नराम्रो काम गरेमा इक्यान आफैले कारबाही गर्छ ।त्यसो हुँदा विद्यार्थीहरू  सुरक्षित हुन्छन् । शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त गरेको छ या छैन हेरेर कन्सलटेन्सिको क्वालिटी छुट्याउन सकिन्छ । अन्तर्राष्ट्रिय ट्रेनिङहरू लिएका छन् या छैनन् भनेर हेर्नुपर्छ  ।

  •  विदेश जाने अधिकांश विद्यार्थी अध्ययन भन्दा पनि काम र पिआरको प्रक्रियामा बढी सक्रिय छन्, यस्तो किन होला ?

पिआरकै लागि भनेर सबै विद्यार्थीहरू विदेश गएका हुँदैनन् र सबै देशले पिआर दिन्छ भन्ने पनि हुँदैन । विद्यार्थीहरू अध्ययनको लागि अस्ट्रेलिया, अमेरिका मात्र नभई चाइना, भारत, बङगालादेश, इजिप्ट जस्ता देशहरूमा पनि जाने गर्दछन्  तर धेरै जस्तो विद्यार्थीहरू नेपाल फर्केरै आउने गर्दछन् थोरैले मात्र पिआर लिएर बस्छन् । सबै विद्यार्थीहरुलाइ कसरी फर्काउने भनेर कन्सल्टेन्सीले भन्दा पनि नेपाल सरकारले ध्यान दिनुपर्ने देखिन्छ । सरकारले जाने कुरामा भन्दा पनि गएकालाई कसरी ल्याउने भन्ने कुरा सोच्नु पर्‍यो ।

  • वेद इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीका आगामी भविष्यका के कस्ता लक्ष्य र योजनाहरू छन् ? र भविष्यका योजनाहरू के कस्ता रहेका छन् ?

स्थापना काल देखी आजसम्म हामी  सबै किसिमका सेवा दिन सफल भएका छौ र इमान्दारीता पूर्वक सेवा दिइरहनेछौ । समयको माग अनुसार भविष्यमा पनि नयाँ नयाँ विद्यार्थी मैत्री कार्यक्रमहरु ल्याउन तयार भएर बसेका छौं ।

  • विदेश अध्ययन गर्न तयारीमा रहेका विद्यार्थीहरूले मुख्यता के के कुरामा ध्यान दिन आवश्यक छ ? 

विदेश अध्ययन गर्न जाने विद्यार्थीहरू एकदमै अध्ययनशील हुन जरुरी छ  । जुन देशमा जाने हो त्यसमा त्यो देशको भिजा पोलिसी, आवश्यक पर्ने कागजातहरू, वातावरण, त्यहाँ पाउने अवसरहरू, विश्वविद्यालय कति दिन जानुपर्ने लगायतका विभिन्न कुराहरूमा डिटेल अध्ययन गर्न विद्यार्थीहरूले जरुरी छ । यहीँ अध्ययन गर्न मुस्किल भएको खण्डमा नै कन्सल्टेन्सी जाने हो । र राम्रो कन्सल्टेन्सी गएर यो सबै कुराको उत्तर पाउनुहुन्छ । कन्सल्टेन्सी सही छ वा गलत छ भनेर थाहा पाउनका लागि उहाँले के पनि गर्न सक्नुहुन्छ भने कुनै कन्सल्टेन्सीले उत्तर दिन्छ भने त्यो उत्तर उहाँले गुगलमा गएर चेक गर्नुप¥यो । अथवा सम्बन्धित वेबसाइटमा गएर अध्ययन गर्नुप-यो ।  कसैले केही कुरा भन्छ भने विश्वास गरिहाल्नु भएन । यसका साथै पहिले गएका विद्यार्थीहरूको प्रगतिको कथा कस्तो छ, भिजा कत्तिको लगाइराख्नु भएको छ भनेर बुझ्दा पनि राम्रो हुन्छ । पहिले गएका विद्यार्थीसँग कुरा गर्दा पनि हुन्छ ।

  • यो कन्सल्टेन्सीसँग काम गरेका कुनै विद्यार्थीको सफलताका कथा सार्वजनिक गर्न सक्नुहुन्छ ?

एक जना विद्यार्थी हुनुहुन्थ्यो हामीसँग अस्ट्रेलिया जान मन गर्नुभएको थियो तर उहाँको योग्यता नपुगेका कारण उहाँलाई हामीले लिन सकेनों । तर पछि उहाँको योग्यता पुगिसकेपछि फेरी आएर हाम्रैबाट जानुभयो । चाडै नै भिजा लागेको थियो । अहिले पनि राम्रै गरिरहनु भएको छ । मेरो साथी जस्तै हुनुहुन्छ । विद्यार्थीलाई सहयोग चाहियो भने उहाँले सहयोग गर्नुहुन्छ । विद्यार्थीहरू सुरुमा आउँदा अलि गाह्रो मान्नुहुन्छ । त्यसमा त यति पैसा दियो भने गर्दिन्छ तपाई पनि गरिदिनुस् भन्नुहुन्छ । तर, हामी विद्यार्थीको सम्पूर्ण डकुमेन्टहरू भएपछि मात्र प्रोसेस गर्छौ ।  अन्य कन्सल्टेन्सीहरूमा थोरै डकुमेन्टले हुँदा हुँदै पनि काम हुन्छ तर हाम्रोमा सम्पूर्ण डकुमेन्ट चाहिन्छ अरूले पैसा दिएपछि डकुमेन्ट बनाइदिन्छ रे तर हामी बनाउँदैनौ । बरु कहाँ छ त्यहाँबाट ल्याउनुहोस् भन्छौँ ।

Logo