युनिग्लोब कलेजले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा ८ देशका २६ विशेषज्ञ

युनिग्लोब कलेजले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा ८ देशका २६ विशेषज्ञ

केन्द्रबिन्दु
0
Shares

युनिग्लोब अन्तर्राष्ट्रिय व्यवस्थापनसम्बन्धी दुई दिने कार्यक्रम काठमाडौंको नयाँ बानेश्वरमा सुरु भएको छ । 

युनिग्लोब कलेजले आफ्नै परिसरमा आयोजना गरेको ११औँ युनिग्लोब अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन बैशाख ७ गतेसम्म चल्नेछ । हरेक वर्ष झैं यो वर्ष पनि युनिग्लोब कलेजले अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन आयोजना गरेको प्रिन्सिपल डा. नरबहादुर विष्टले बताए । कलेजमा म्यानेजमेन्ट र विजनेश कोर्शहरु पढाई हुने भएकाले रिसर्च पेपर प्रस्तुत गर्न सहज होस भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको दाबी छ ।   

सम्मेलनमा २९४ अनुसन्धानकर्ता तथा २६ विदेशी विशेषज्ञ सहभागी छन् । नेपालसहित फ्रान्स, फिनल्याण्ड, भारत, स्लोभेनिया, बङ्गलादेश, मलेसिया, अमेरिकाबाट आएका विज्ञहरुले आठ विषयमा १७८ वटा कार्यपत्र प्रस्तुत गर्ने कलेजले जनाएको छ । कोभिड–१९ ले विजनेश, अर्थतन्त्र र दैनिक क्रियाकलापमा नकारात्मक असर पुगेको र त्यसबाट कसरी जोगिन सकिन्छ भन्ने कुरामा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताले कार्यक्रममा धारणा राख्नेछन् । विज्ञको सुझावले अर्थतन्त्रमा देखिएको खराब अवस्था सुधार गर्न सहयोगी भूमिका खेल्ने प्रिन्सिपल बिष्टको विश्वास छ । 
 
११ औं सम्मेलनमा मूख्य ८ वटा विषयवस्तुलाई समेटेर पेपर प्रस्तुत हुनेछन् । 

व्यवसायमा उदीयमान समस्या र चुनौतीहरू, व्यवस्थापनमा समसामयिक समस्याहरू, व्यवसायमा नवीनता, व्यवस्थापनमा परिर्वतन परिप्रेक्ष्य, व्यवसायको परिमार्जन, व्यवस्थापनमा नयाँ आयामहरू, व्यवसायमा हालैको प्रगति र व्यवस्थापनमा उदीयमान प्रवृत्तिहरू जस्ता विषयहरु उठान गरिएको छ । 

कार्यक्रममा नेपालको विकासको रणनीतिक तथा दिशा–निर्देशकमाथि पनि चर्चा गरिएको छ । 

Logo