डीएभी सुशील केडिया विश्व भारती विद्यालयले कक्षा ८ की छात्रालाई कुनै अपमान नगरेको दाबी गरेको छ ।
कक्षा ८ को परीक्षामा कमजोर विद्यार्थीको पुनः परीक्षा लिएर मात्र माथिल्लो कक्षामा लैजाने तयारी गरिरहँदा कवि तथा चलचित्र निर्देशक उपेन्द्र सुब्बाले विद्यालयले आफ्नी छोरीमाथि अपमानजनक व्यवहार गरेको भन्दै सो विद्यालयबाट अन्यत्र स्थानान्तरण गर्ने बताएकाे डीएभी विद्यालयको भनाइ थियो।
विद्यालयका सहायक प्रधानाध्यापक रामचन्द्र खनालले आफ्नै छोराछोरी समान कुनै पनि विद्यार्थीलाई अपमान नगरेको दाबी गर्दै भने- ‘अघिल्लो दिन नानुकी आमा र उनीसँग छलफल गरेका थियौँ, त्यसबेला बाबा खै त ? भन्दा व्यस्तताले आउनसक्नु भएन भनेर नानुकी आमाले जवाफ दिनुभयो । भोलिपल्ट नानुको बाबा उपेन्द्र सर विद्यालयमा आएर ममाथि अपमान भएका कारण छोरीको विद्यालय परिवर्तन गर्छौँ भन्दै विथ ड्र फारम भरेर जानुभयो, उनी त पढाइमा अलि कमजोर छन् है भनेका थियौँ । तै पनि उनीमाथि हामीले कुनै नराम्रो व्यवहार गरेका थिएनौँ, एकाएक समाजिक सञ्जालमा विद्यालयमाथि आक्षेप लगाएर स्टाटस लेखेपछि हामीलाई दुःख लागेको छ ।’
गत सोमबार सामाजिक सञ्जालमा सुब्बाले एसईईमा राम्रो नम्बर ल्याउने विद्यार्थी देखाउन कक्षा ९ मा विद्यालयले कमजोर भनिएका विद्यार्थीलाई सिकाउनुको साटो स्कुल छाड्न बाध्य बनाउने रहेछन् भनेर लेखेका थिए ।































प्रतिक्रिया