अटिजम समस्या भएकाहरुको सिकाइका लागि ‘इडी टेक’ एप सार्वजनिक

अटिजम समस्या भएकाहरुको सिकाइका लागि ‘इडी टेक’ एप सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

अटिजम भएकाहरुलाई सिकाईमा सहयोग पु-याउने दाबी सहित इडी टेक एप सार्वजिनक भएको छ । 

बिहीबार काठमार्डौंमा आयोजित नेपालमा उपलब्ध पहुँचयुक्त शैक्षिक श्रोतहरुको विस्तार कार्यक्रममा अटिजम केयर नेपाल सोसाइटीले Ed tech (android and web application) एप लन्च गरेको हो । 

शिक्षा तथा मानव श्रोत विकास केन्द्रकी निर्देशक डा.दिव्या दवाडीले अटिजम भएकाहरुको  सिकाइमा सहयोग पुग्ने उद्देश्यका साथ सो एप लन्च गरिएको बताइन् । उनले भनिन्- ‘प्रविधिको जमानामा विना प्रविधि अपाङ्गता भएका बालबालिकाका लागि शिक्षा सिकाई गर्ने कुरा ग-यौं भने फेरी पनि ढुङ्गे युगमा फर्केको जस्तो हुन्छ । अपाङ्गता भएका बालबालिकाले सिकाईको सहयोग पाउँदैनन् । त्यसैले उनीहरूको सिकाइका लागि यो एप ल्याएका हौं ।’ 

उनले प्रत्येक अभिभावकसम्म एप कसरी पु-याउने र प्रयोग गर्न सिकाउने कुरा चुनौतीको रुपमा रहेको पनि बताइन् ।  

Logo