मुगुमा पहिलोपटक न्यायिक प्रशिक्षण

मुगुमा पहिलोपटक न्यायिक प्रशिक्षण

केन्द्रबिन्दु
0
Shares

स्थानीय तह सञ्चालन भएको करिब ६ वर्षपछि मुगुमा पहिलो पटक एसईई र प्लस टु पास गरेका विद्यार्थीका लागि न्यायिक प्रशिक्षण सञ्चालन गरिएको छ।

'हाम्रो समस्या हाम्रै समाधान’ भन्ने मूल नारासहित सोरु गाउँपालिकाको आयोजना र जनअधिकार संरक्षण मञ्चको प्राविधिक सहयोगमा शनिबारदेखि सुरु भएको प्रशिक्षणमा पालिकाका १ देखि ११ वडाका ३० जना विद्यार्थीका लागि ८ दिने न्यायिक प्रशिक्षण प्रारम्भ गरिएको छ।

उक्त प्रशिक्षणमा मुख्य प्रशिक्षक लुम्बिनी प्रदेश नेपालगन्ज उच्च अदालतका न्यायधीश वामदेव ज्ञवाली र कानुन व्यवसायी शारदा अधिकारी छन्। प्रशिक्षण कार्यक्रमको पहिलो दिनमा मुगु जिल्ला अदालतका न्यायधीश दिलकुमार बर्देवाले अदालतको न्यायभन्दा गाउँतिरको मेलमिलाप दिगो हुने बताए।

गत २ फागुनमा  न्यायिक समितिको बैठक बसेर सूचना जारी गरी वडा तहबाट न्यायिक समितिका सहकर्ता छनोट गरिएको न्यायिक समितिका संयोजक एवं पालिका उपाध्यक्ष केशरबहादुर शाहीले बताए।

उनका अनुसार सूचना जारी गर्दा ६५ जनाको दरखास्त परेको र अन्तिममा ३० जना छनोट गरी न्यायिक प्रशिक्षणमा सहभागी गरिएको हो। 

Logo