निजी विद्यालयद्वारा बन्दाबन्दी अवधिको शुल्क नलिने घोषणा !

निजी विद्यालयद्वारा बन्दाबन्दी अवधिको शुल्क नलिने घोषणा !

केन्द्रबिन्दु
0
Shares

नवलपरासी ।

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का निजी तथा संस्थागत विद्यालयले बन्दाबन्दी अवधिको शुल्क नलिने घोषणा गरेका छन् ।

शिक्षकलाई भने साउन १ गतेदेखि बेतलबी बिदामा पठाएका छन् । ०७७ वैशाखदेखि विद्यालय पूर्णरुपमा सञ्चालन नहुँदासम्म विद्यार्थीबाट कुनै शुल्क नलिने निर्णय गरिएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) पश्चिम नवलपरासीका अध्यक्ष इन्द्र गुरुङले जानकारी दिए ।

“विद्यालयले लिने गरेको मासिक शुल्क, कम्प्युटर, यातायात लगायतका कुनै पनि शुल्क विद्यालय पूर्णरुपमा सञ्चालन नभएसम्म नलिने निर्णय गरेका छौँ”, उनले भने ।

वैशाखदेखि असारसम्मको शिक्षक कर्मचारीको पारिश्रमिक सम्बन्धित विद्यालयले आफैं स्वेच्छिक व्यवस्थापन गर्ने तर साउनदेखि सबै शिक्षकलाई बेतलबी बिदामा पठाएको अध्यक्ष गुरुङले बताए ।

“बन्दाबन्दीका कारण विद्यालय बन्द रहँदा कुनै आम्दानी नभएकाले शिक्षकको पारिश्रमिक भुक्तानी गर्न निजी विद्यालयलाई समस्या छ, उक्त अवधिको पारिश्रमिक स्वेच्छिक व्यवस्थापन गर्ने जिम्मेवारी विद्यालयले लिएका छन्”, उनले भने।रासस

Logo