आइ.एस.एम.टी. ‘जब फेयर २०२३’ सम्पन्न

आइ.एस.एम.टी. ‘जब फेयर २०२३’ सम्पन्न

केन्द्रबिन्दु
0
Shares

आइएसएमटी कलेजले “आइएसएमटी जब फेयर २०२३” आयोजना गरेको छ । 

विद्यार्थीलाई शिक्षासँगै करिअर निर्माणमा सहयोग पुगोस भन्ने उद्देश्यसहित आयोजना भएको मेलामा २०० भन्दाबढी विद्यार्थीको सहभागिता रहेको थियो । मेलामा आइटी, बिजनेस र हस्पिटालिटी क्षेत्रका ५० भन्दाबढी कम्पनी सहभागी थिए । आइटी क्षेत्रका विद्यार्थीका लागि एफवान सफ्ट इन्टरनेसनल, बिजनेसका लागि सिप्रदी ग्रुप, जावलाखेल ग्रुप अफ कम्पनी, सौरभ ग्रुप, यस्तै हस्पिटालिटीका लागि होटल याक एण्ड यतीलगायत कम्पनी मेलामा सहभागी थिए । शिक्षासँगै करिअर बनाउन सहयोग गरिरहेको आइएसएमटी कलेजले  पढाइकै दौरान आ–आफ्ना क्षेत्रमा कार्य गर्न योग्य दक्ष जनशक्ति निर्माण गर्न सकेको कलेजका एकेडेमी कोअर्डिनेटर गिरीश दाहालले बताए । 

यस्तै कलेजकै स्टुडेन्ड सर्विसतर्फका म्यानेजर लिप्सा कर्माचार्यले आफ्ना विद्यार्थीहरु दोस्रो सेमेस्टर पढ्दै गर्दा जागिर खान योग्य हुने बताइन् । उनले पनि जब फेयर आयोजना गर्नुको उद्देश्य आइटी, बिजनेस र हस्पिटालिटी क्षेत्रमा आवश्यक पर्न सक्ने दक्ष जनशक्ति उत्पादन गरी उनीहरुलाई रोजगारी सिर्जना गर्नु रहेको बताइन् । 

यस्तै मेलामा सहभागी सिप्रदी टेड्रिङ कम्पनीका एचआर डिपार्टमेन्टतर्फका आकर्ष महर्जनले आइएसएमटी कलेजमा सोचेको भन्दा राम्रो, नयाँ जोस, जाँगर र उर्जा भएको विद्यार्थीहरु पाएको बताए । उनले अन्तर्वार्ताका क्रममा सहभागी सबै ११ जना विद्यार्थीलाई रोजगारी दिने बताए । 

Logo