सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टका विद्यार्थी दीक्षित

सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टका विद्यार्थी दीक्षित

केन्द्रबिन्दु
0
Shares

सिल्भर माउन्टेन स्कूल अफ होटल म्यानेजमेन्टले १७औं वार्षिक दिक्षान्त समारोह आयोजना गरेको छ ।शुक्रबार एक कार्यक्रमका बीच सिल्भर माउन्टेन स्कूल अफ होटल म्यानेजमेन्टका स्नातक तहका विद्यार्थीलाई दीक्षित भएका हुन् । 

कार्यक्रमको सुरुवात प्रिन्सिपल समीर थापाले गरेका थिए । प्रिन्सिपल थापाको स्पिचपछि सोही कलेजमा अध्ययनरत विद्यार्थीहरुको भिडियो देखाइएको थियो । लगतै प्रिन्सिपल समिर थापाले प्रमुख अतिथि साहलाई बीए. आइएचटिएम अवार्डले सम्मानित गरेका थिए । अवार्ड हातमा लिदै साहले दिक्षान्त विद्यार्थीहरुलाई उज्जवल भविष्यका लागि शुभकामना दिएका थिए। 

यसैगरी क्युएमसीका प्रिन्सिपल तथा उपकुलपती सर पल ग्रिसले दिक्षान्त भएका विद्यार्थीहरुलाई शुभकामना दिएको भिडियो सार्वजनिक गरिएको थियो । भिडियो सार्वजनिक लगतै अतिथिका रुपमा उपस्थित थापालाई एकेडेमिक एक्सिलेन्स र डिन अवार्ड प्रदान गरिएको थियो । त्यस्तै कार्यक्रममा अन्जिता कटुवालले सम्पूर्ण दिक्षान्त विद्यार्थीको प्रतिनिधित्व गर्दै छोटो स्पिच दिइन । अन्जिताको स्पिच लगतै हामी दिक्षान्त भयौ भन्ने छोटो भिडियो देखाइको थियो । 

कार्यक्रमको अन्तिममा सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टले आफ्नो कलेजमा एमबीए सञ्चालन गरेको आधिकारिक जानकारी दिए । लगतै क्विन मारग्रेट बिजनेस स्कुलका थोमस पेश्केन–होल्टले दिक्षान्त भएका विद्यार्थीहरुलाई भविष्यका लागि महत्वपूर्ण सन्देशपूर्ण स्पिच दिए । कार्यक्रमको अन्त्य दियो बालेर गरिएको थियो ।  
 

Logo