कान्तिपुर हिसान एडुफेयर २०२३ सम्पन्न, एक लाख बढीले गरे अवलोकन

कान्तिपुर हिसान एडुफेयर २०२३ सम्पन्न, एक लाख बढीले गरे अवलोकन

केन्द्रबिन्दु
0
Shares

गत शुक्रबारदेखि सुरु भएको ‘आर्ठौं कान्तिपुर हिसान एडुफेयर २०२३’ सकिएको छ । ‘उत्कृष्ट शिक्षा नेपालमै’ नारा दिएर आयोजित कान्तिपुर हिसान बृहत् शैक्षिक मेला (एडुफेयर) आइतबार सम्पन्न भएको हो । 

काठमाडौंको भृकुटीमण्डपस्थित प्रर्दशनी हलमा भएको चारदिने मेलामा एक लाखभन्दा बढीले अवलोकन गरेको संयोजकको भनाई छ । 

कक्षा ११ र स्नातक तहमा भर्ना हुने विद्यार्थीलाई लक्षित गरी गत जेठ ३२ गते बिहीबार सभामुख देवराज घिमिरेले मेलाको उद्घाटन गरेका थिए । तर त्यही दिन काठमाडौं महानगरपालिका प्रहरीले मेलामा हस्तक्षेप गरेपछि रोकिएको थियो । महानगरले मेला रोक्नुको कुनै कारण नदिएपछि आयोजक उच्च अदालत पाटन गएको थियो ।

अदालतले मेला नरोक्न अन्तरिम आदेश दिएपछि असार ८ गतेबाट पुनः संचालन गरिएको थियो । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्सले संयुक्त रूपमा आठौं मेलाको आयोजना गरेका हुन् । मेलामा ७५ भन्दा बढी शिक्षालयहरुको स्टल थिए ।

Logo