काठमाडौँका विधालयको छात्रवृत्ति छनौट परिक्षा महानगरपालिले गर्ने

काठमाडौँका विधालयको छात्रवृत्ति छनौट परिक्षा महानगरपालिले गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिका भित्रका विधालयबाट पाउने छात्रवृत्तिको परिक्षा महानगरपालिका आफैँले लिने भएको छ। 

महानगरपालिका भित्रका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूलाई वितरण गर्ने छात्रवृत्ति छनोट परीक्षा आगामी आर्थिक वर्षदेखि महानगर स्वयंले सञ्चालन गर्ने भएको हो।

मेयर बालेन्द्र शाहका अनुसार सो परिक्षापछि सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब जेहेन्दार पीडिएको क्षेत्र तथा आदिवासी जनजातिलगायतका छनोटका आधारमा योग्यताक्रम अनुसार छात्रवृत्ति प्रदान गरिनेछ ।

‘काठमाडौँ महानगरपालिका शिक्षा ऐन २०७५ तथा शिक्षा नियमावली २०७४ मा व्यवस्था भए बमोजिम काठमाडौँ महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोटसम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०/८१ देखि काठमाडौं महानगरपालिका आफैँले सञ्चालन गर्नेछ,’ उनले भने।

Logo