काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला

काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला


काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ।

शैक्षिक सत्र २०८०/८१ का लागि छात्रवृत्तिका लागि विद्यार्थी छनोट परीक्षा हुनेछ । छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीले आज बिहान १० बजेदेखि साउन १२ गतेसम्म महानगरको वेबसाइट वा entrance.kathmandu.gov.np मा आवेदन पेस गर्नुपर्नेछ।

विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानुन र प्राविधिक विषयमा छात्रवृत्ति परीक्षा हुने महानगरको शिक्षा विभागले जनाएको छ। परीक्षा साउन २० गते बिहान ११ बजेदेखि शुरु हुनेछ । परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १ सय वटा बहु वैकल्पिक वस्तुगत प्रश्न हुनेछन्।

Logo