इक्यानको अध्यक्षमा शेषराज भट्टराई निर्वाचित

इक्यानको अध्यक्षमा शेषराज भट्टराई निर्वाचित

केन्द्रबिन्दु
0
Shares

शैक्षिक परामर्श संस्थाहरूको सबैभन्दा ठूलो छाता संगठन नेपाल शैक्षिक परार्मश संघ (इक्यान)को अध्यक्षमा शेषराज भट्टराई निर्वाचित भएका छन् । 

शनिबार भएको निर्वाचनमा भट्टराई २३८ मत ल्याएर निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी विष्णुहरी पाण्डेले १४६ मत मात्रै पाए । 

उपाध्यक्षमा भट्टराई प्यानलकै गिता सिवाकोटी निर्वाचित हुँदा पाण्डे प्यानलबाट लक्ष्मण पौडेल (एण्ड्यु) र भुवन छेत्री निर्वाचित भए । महासचिवमा भने भट्टराई प्यानलकै दीपकराज भुसाल, स‌चिवमा भवनाथ हुमागाईं र रत्न भट्टराई निर्वाचित भएका छन् । कोषाध्यक्षमा आशिक कार्की विजयी भएका छन् । 

No description available.

भट्टराईलाई इक्यानका वर्तमान अध्यक्ष प्रकाश पाण्डेको समर्थन रहेको थियो ।  

अध्यक्षमा निर्वाचित भट्टराईले शैक्षिक परामर्श क्षेत्रको बृहत्तर हितका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् । कन्सल्टेन्सी दर्ता गर्न शिक्षा मन्त्रालयले माग गरेको धरौटी रकम खारेज गर्न संघर्ष गर्ने र सबै समस्याहरु सामाजिक र राज्यस्तरबाट समाधान गर्ने गरी व्यवसायिक प्रतिष्ठा बढाउन सक्दो प्रयास गर्ने उनको भनाई छ । 

 

Logo