भीएस निकेतनलाई बेस्ट प्लस टु ओभरअल पर्फमेन्स अवार्ड

भीएस निकेतनलाई बेस्ट प्लस टु ओभरअल पर्फमेन्स अवार्ड


काठमाडौंको तीनकुनेमा रहेको भीएस निकेतनले बेस्ट प्लस टु ओभरअल पर्फमेन्स अवार्ड, २०८० प्राप्त गरेको छ । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच भीएस निकेतनलाई बेस्ट प्लस टु ओभरअल पर्फमेन्स अवार्ड प्रादन गरिएको हो ।

‘सहुलियत शुल्कमा गुणात्मक शिक्षा’ भन्ने मूल मर्मका साथ सञ्चालनमा रहेको यो कलेज देशकै उत्कृष्ट विद्यालयका रूपमा दुईपटक पुरस्कृत भइसकेको छ ।

पूर्वप्राथमिक तहदेखि स्नातक तहसम्म अध्यापन हुने यो कलेजले प्लस टू लाई विशेष प्राथमिकतामा राखेको छ । ‘प्लस टु’को विज्ञान र व्यवस्थापन दुवै संकायमा उत्कृष्ट नतिजा ल्याउँदै आएको विद्यालयमा विज्ञान संकायमा बायोलोजी, केमिस्ट्री, फिजिक्सलगायत विषयको अध्ययन–अध्यापन हुँदै आएको छ । 

Logo