बेस्ट लर्निङ सेन्टर अवार्ड आईएसटी कलेजलाई

बेस्ट लर्निङ सेन्टर अवार्ड आईएसटी कलेजलाई


काठमाडौंमा रहेको इन्टरनेसनल स्कुल अफ टुरिजम् एन्ड होटल म्यानेजमेन्ट (आइएसटी)ले बेस्ट लर्निङ सेन्टर अवार्ड, २०८० प्राप्त गरेको छ ।  

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा एक विशेष कार्यक्रमकाबीच प्लस टुको शिक्षामा उत्कृष्ट नतिजासहित निकाल्न सफल इन्टरनेसनल स्कुल अफ टुरिजम् एन्ड होटल म्यानेजमेन्ट (आइएसटी)लाई बेस्ट लर्निङ सेन्टर अवार्ड प्रदान गरेको हो ।

टुरिजम् र होटल म्यानेजमेन्ट क्षेत्रमा अनुकरणीय बनिरहेको यस कलेजमा ‘प्लस टु’ र स्नातकतहमा पढाइ हुन्छ । अन्तर्राष्ट्रिय स्तरको होटल म्यानेजमेन्ट अध्यापनका लागि पूर्वाधार भएको यो कलेजले प्लस टू लाई प्राथमिकतामा राखेको छ । यस कलेजले वर्षमा २ सय विद्यार्थी ‘प्लस टु’ अध्ययनका लागि छनोट गर्छ। कलेजले टुरिजम् र होटल म्यानेजमेन्टमा स्नातक तहको पनि अध्ययन गराउँछ ।

Logo