बेस्ट साईन्स प्लस टु अवार्ड सीसीआरसी कलेजलाई

बेस्ट साईन्स प्लस टु अवार्ड सीसीआरसी कलेजलाई

केन्द्रबिन्दु
15
Shares

काठमाडौंको कोटेश्वरमा रहेको क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सिसिआरसी)ले बेस्ट साईन्स प्लस टु अवार्ड, २०८० प्राप्त गरेको छ ।

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा एक विशेष कार्यक्रमकाबीच प्लस टुको शिक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सिसिआरसी)लाई बेस्ट साईन्स प्लस टु अवार्ड प्रदान गरेको हो । 

आफूलाई ‘द कलेज फर लर्निङ विथ पोजेटिभ एप्रोच’ भनेर चिनाउन चाहाने यो कलेजमा विज्ञान, व्यवस्थापन र मानविकी संकायको अध्यापन हुने गर्छ । दक्ष र क्षमतावान शिक्षक तथा व्यवस्थापकीय टिमका कारण नै काठमाडौँका अन्य कलेजको दाँजोमा सीसीआरसी अब्बल रहँदै आएको छ । डाक्टर, इन्जिनीयर, चार्टर्ड अकाउन्टेन्ट, कृषि तथा वन विज्ञ, वैज्ञानिक, खेलाडीलगायत दक्ष जनशक्ति उत्पादनमा सिसिआरसी उत्कृष्ट छ।

Skip This
Skip This
Logo