अरनिको कलेजलाई बेस्ट साइन्स प्लस टु आउट अफ भ्याली अवार्ड

अरनिको कलेजलाई बेस्ट साइन्स प्लस टु आउट अफ भ्याली अवार्ड


विराटनगरमा रहेको अरनिको आवासीय माध्यमिक विद्यालयले बेस्ट साइन्स प्लस टु आउट अफ भ्याली अवार्ड, २०८० प्राप्त गरेको छ । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच कोशी प्रदेशको सर्वोत्कृष्ट शैक्षिक संस्था अरनिको कलेजलाई बेस्ट साइन्स प्लस टु आउट अफ भ्याली अवार्ड प्रदान गरिएको हो । 

वि.स. २०३३ सालमा स्थापना भई वि.स. २०५६ सालदेखि कक्षा ११ र १२ को अध्यापन गराउँदै आएको यस विद्यालयले बोर्ड फस्ट र बोर्ड सेकेन्डसहित निरन्तर उत्कृष्ट नतिजामार्फत आफ्नो उत्कृष्टताको परिचय दिँदै आएको छ । यस विद्यालयले स्थापनाकालदेखि नै विज्ञान र व्वस्थापन संकाय संचालन गर्दै आएको छ ।

दक्ष, अनुभवी शिक्षकहरुबाट पठनपाठन हुनु  र विद्यार्थीको शैक्षिक उन्नयनमा बढी केन्द्रित हुनु नै विद्यालयको सफलताको रहस्य हो । विद्यार्थीमैत्री वातावरण, अनुशासन, अतिरिक्त क्रियाकलाप र पर्याप्त भौतिक पूर्वाधार जस्ता कुराले पनि यस विद्यालयलाई थप अब्बल बनाउन भूमिका खेलेको छ । २

Logo