बेस्ट हिस्टोरिकल एचिभर्स अवार्ड निस्ट लैनचौरलाई

बेस्ट हिस्टोरिकल एचिभर्स अवार्ड निस्ट लैनचौरलाई


काठमाडौंको लैनचौरमा रहेको निष्ट अर्थात् नेशनल स्कुल अफ साइन्सेजले बेस्ट हिस्टोरिकल एचिभर्स अवार्ड, २०८० प्राप्त गरेको छ ।  

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा एक विशेष कार्यक्रमकाबीच प्लस टुको शिक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल निस्टलाई बेस्ट हिस्टोरिकल एचिभर्स अवार्ड प्रदान गरेको हो । 

निष्ट फाउण्डेशन अन्तर्गत रहेको यो कलेजले निरन्तर विज्ञान र व्यवस्थापन संकायमा कक्षा ११ र १२ मा अध्यापन गराउँदै आएको छ । अहिले निष्ट फाउन्डेसन अन्तर्गत नेशनल स्कुल अफ साइन्सेजसहित नौ वटा विद्यालयले राष्ट्रिय परीक्षा बोर्डको पाठ्यक्रमअनुसार अध्यापन गराउँछ । निष्ट कलेजमा विज्ञान र व्यवस्थापनमा वार्षिक करिब एक हजार विद्यार्थी भर्ना हुने गरेका छन् ।

Logo