बेस्ट एजुकेसन आउटरिच अवार्ड केएमसी बालकुमारीलाई

बेस्ट एजुकेसन आउटरिच अवार्ड केएमसी बालकुमारीलाई


ललितपुरको बालकुमारीमा रहेको काठमाडौं मोडल स्कुलले बेस्ट एजुकेसन आउटरिच अवार्ड, २०८० प्राप्त गरेको छ ।  

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा एक विशेष कार्यक्रमकाबीच प्लस टुको शिक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल केएमसी बालकुमारीलाई बेस्ट एजुकेसन आउटरिच अवार्ड प्रदान गरेको हो । 

स्थापनाको दुई दशक बढिको अनुभव संगालेको शैक्षिक संस्था हो, काठमाडौं मोडल सेकेन्डरी स्कुल (केएमसी) बालकुमारी । व्यवसायिक शिक्षामा समर्पित अध्यापकद्वारा स्थापित यो शैक्षिक केएमसीमा प्लस टुदेखि स्नात्तोकत्तर तहसम्म अध्यापन हुँदै आएको छ । उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीलाई हरेक खुड्किलामा सहजीकरण गर्ने केएमसीमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा पठनपाठन हुन्छ । 

परिणाममुखी नतिजा दिँदै आएको केएमसीले हरेक वर्ष राष्ट्रिय परिक्षा बोर्ड र त्रिभुवन विश्वविद्यालयका परीक्षामा शतप्रतिशत नतिजा ल्याउन सफल छ । विद्यार्थीको सिकाईको दायरालाई फराकिलो बनाउन केएमसीले विश्वका प्रख्यात विश्वविद्यालयसंग सहकार्य समेत गरेको छ ।

Logo