बेस्ट बोर्ड टपर एचिभर्स अवार्ड पिनाकल एकेडेमीलाई

बेस्ट बोर्ड टपर एचिभर्स अवार्ड पिनाकल एकेडेमीलाई


ललितपुरको लगनखेलमा रहेको पिनाकल एकेडेमीले बेस्ट बोर्ड टपर एचिभर्स अवार्ड, २०८० प्राप्त गरेको छ ।  

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा एक विशेष कार्यक्रमकाबीच प्लस टुको शिक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल पिनाकललाई बेस्ट बोर्ड टपर एचिभर्स अवार्ड प्रदान गरेको हो । 

पिनाकल एकेडेमीमा अहिले प्लस टु अन्तर्गत विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा अध्ययन अध्यापन हुँदै आएको छ । आफ्नो स्थापनाको सिल्भर जुब्ली मनाइरहेको पिनाकलले यात्राका दौरान हरेक वर्ष ‘प्लस टु’ को परीक्षा नतिजामा आफुलाई बोर्डमा उभ्याउन सफल भएको छ । पिनाकलले सीप र शिक्षा दुवैलाई सँगसँगै अगाडि बढाएको छ। प्रतिस्पर्धात्मक ‘जब मार्केट’मा आफ्नो स्थान सुरक्षित गर्न र सफल हुन विद्यार्थीले के गर्नुपर्छ भन्ने बारे कलेजले विशेष ध्यान दिन्छ ।

Logo