लिगेसी अफ सक्सेस अवार्ड प्रसादी एकेडेमीलाई

लिगेसी अफ सक्सेस अवार्ड प्रसादी एकेडेमीलाई


ललितपुरमा रहेको प्रसादी एकेडेमीले लिगेसी अफ सक्सेस अवार्ड, २०८० प्राप्त गरेको छ ।  

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा एक विशेष कार्यक्रमकाबीच प्लस टुको शिक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल प्रसादी एकेडेमीलाई लिगेसी अफ सक्सेस अवार्ड प्रदान गरेको हो । 

पृथक र अब्बल अध्यापन शैली भएको यो कलेजका पाठ्यक्रम जीवन उपयोगीका साथसाथै अन्तर्राष्ट्रिय स्तरका छन् । सन् १९९७ मा खुलेको प्रसादी एकेडेमीले उच्च शैक्षिक मापदण्ड कार्यान्वयनमा ल्याएकैले सतप्रतिशत नतिजा दिन सफल छ । शैक्षिक उपलब्धिलाई बलियो बनाउने उद्धेश्यसहित सहभागीतामूलक कार्यक्रमलाई सधैं प्राथमिकतामा राखेको प्रसादी विद्यार्थीको सिकाई क्षमता वृद्धि गर्नेमात्र नभइ सफल भविष्यको आधारस्तब्भ समेत बन्नेमा ढुक्क देखिन्छ । 

प्रसादीले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायमा पठनपाठन गराउँदै आएको छ । नेशनल एक्सिलेन्स अवार्ड प्राप्त गर्न सफल प्रसादी अनुशासित वातावरण र गुणस्तरीय पठन विधिका कारण विद्यार्थी र अभिभावकमाझ लोकप्रिय छ ।

Logo