बेस्ट करिअर ओरिएन्टेड एजुकेसन अवार्ड समृद्धि स्कुललाई

बेस्ट करिअर ओरिएन्टेड एजुकेसन अवार्ड समृद्धि स्कुललाई


काठमाडौंको बनस्थलीमा रहेको समृद्धि स्कुलले बेस्ट करिअर ओरिएन्टेड एजुकेसन अवार्ड, २०८० प्राप्त गरेको छ ।  

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा एक विशेष कार्यक्रमकाबीच प्लस टुको शिक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल समृद्धिलाई बेस्ट करिअर ओरिएन्टेड एजुकेसन अवार्ड प्रदान गरेको हो । 

समृद्धि स्कूलले स्थापनाको एक वर्षपछि नै २०७५ सालदेखि प्लस टु शिक्षाको सुरुवात गरेको थियो । मूलतः समृद्धि स्कूल आइटी स्कूल र कलेजका रुपमा परिचित छ । कक्षाकोठामा प्रोजेक्टर र विद्यालय परिसरभित्र वाइफाइ फ्रि रहेको समृद्धिले टेक्नोलोजी इन्टिग्रेसनमा समेत आफुलाई उभ्याउन सफल भएको छ । विद्यार्थीलाई किताबी किरो बनाउनु भन्दा पनि सीप सहितको शिक्षामा जोड दिँदै स्कुलले नवीनतम प्रविधिसहितको शिक्षालाई भित्र्याएको छ ।

Logo