बेस्ट करिअर ओरिएन्टेड एजुकेसन अवार्ड ब्रिजवाटर इन्टरनेसनललाई

बेस्ट करिअर ओरिएन्टेड एजुकेसन अवार्ड ब्रिजवाटर इन्टरनेसनललाई


काठमाडौंको सिनामंगलमा रहेको ब्रिजवाटर इन्टरनेसनलले बेस्ट करिअर ओरिएन्टेड एजुकेसन अवार्ड, २०८० प्राप्त गरेको छ ।  

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा एक विशेष कार्यक्रमकाबीच प्लस टुको शिक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल ब्रिजवाटरलाई बेस्ट करिअर ओरिएन्टेड एजुकेसन अवार्ड प्रदान गरेको हो । 

विद्यार्थीलाई शिक्षाको विविध क्षेत्रहरुमा उनीहरुको सम्भावनाहरु पूरा गर्न र भविष्य सुरक्षित गर्ने उद्धेश्यका साथ १३ वर्ष अघि स्थापना भएको यो कलेजमा अन्तर्राष्ट्रिय स्तरको अध्ययन हुने गरेको छ । प्लस टूको शिक्षामा विशेष ध्यान दिने यस कलेजमा विज्ञान, व्यवस्थापन र मानविकि संकायमा अध्ययन हुँदै आएको छ । सैद्धान्तिकसँगै प्रयोगात्मक अभ्यास, नियमित ननक्रेडिट कोर्ष, फिल्ड भिजिट, जब प्लेसमेन्ट, आई.टी कम्पनीमा इन्टर्नसिप लगायतको व्यवस्था ब्रिजवाटरले गर्दै आएको छ ।

Logo