बेस्ट एकेडेमिक इनभाइरोमेन्ट अवार्ड ट्रिटन कलेजलाई

बेस्ट एकेडेमिक इनभाइरोमेन्ट अवार्ड ट्रिटन कलेजलाई


काठमाडौंको तीनकुनेमा रहेको ट्रिटन इन्टरनेसनल कलेजले बेस्ट एकेडेमिक इनभाइरोमेन्ट अवार्ड, २०८० प्राप्त गरेको छ ।  

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा एक विशेष कार्यक्रमकाबीच प्लस टुको शिक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल ट्रिटनलाई बेस्ट एकेडेमिक इनभाइरोमेन्ट अवार्ड प्रदान गरेको हो । 

स्नात्तोकत्तरसम्मको अध्ययन हुने यो कलेजमा उत्कृष्ट भौतिक पूर्वाधार, शान्त र वातावरणमैत्री कक्षाकोठा, पर्याप्त खेल मैदान छ । मल्टिमिडिया, अत्याधुनिक भौतिक पूर्वाधार लगायतले विद्यार्थीको सिकाइमा मद्दत पुगेको छ । समयअनुसार आफ्ना पाठ्यक्रमलाई परिमार्जन गर्दै लगेको यो कलेजमा प्लस टु तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा अध्ययन अध्यापन हुँदै आएको छ ।

Logo