आउटस्टेन्डिङ कमिन्टमेन्ट टु इन्टरनेसनल एजुकेशन अवार्ड प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कुललाई

आउटस्टेन्डिङ कमिन्टमेन्ट टु इन्टरनेसनल एजुकेशन अवार्ड प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कुललाई


ललितपुरको सातदोबाटोमा रहेको प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कुलले आउटस्टेन्डिङ कमिन्टमेन्ट टु इन्टरनेसनल एजुकेशन अवार्ड, २०८० प्राप्त गरेको छ ।  

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा एक विशेष कार्यक्रमकाबीच प्लस टुको शिक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल प्रिमियर इन्टरनेसनल आईबीलाई आउटस्टेन्डिङ कमिन्टमेन्ट टु इन्टरनेसनल एजुकेशन अवार्ड प्रदान गरेको हो । 

ललितपुर, सातदोबाटोको खुमलटार हाइटमा अवस्थित प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुल नेपालको पहिलो र एकमात्र आइबी कन्टिनम स्कुल हो । २०६७ सालमा स्थापना भएको यो स्कुलमा किन्डरगार्टेनदेखि १२ कक्षासम्म पढाइ हुन्छ । नेपालमा आइबी स्कुलको संख्या निकै कम छ । 

अन्तर्राष्ट्रिय स्तरको अध्ययन हुने यसप्रकारका स्कुलमा पढ्ने मौका सीमित विद्यार्थीले मात्र पाउँछन् । यो स्कुलमा अतिरिक्त क्रियाकलाप ९ईसीए० गतिविधिलाई पाठ्यक्रम विषयकै रूपमा समावेश गरिएको छ अर्थात् कला, नेतृत्व कौशल, प्रविधि, खेलकुदजस्ता गतिविधि र सिकाइलाई अतिरिक्तको ‘ट्याग’ दिइदैन । यी कुराहरू पाठ्यक्रम अन्तर्गत नै पर्छन् ।

Logo