देवि माविले पायो उत्कृष्ट विद्यालय अवार्ड

देवि माविले पायो उत्कृष्ट विद्यालय अवार्ड


झापाको विर्तामोडमा रहेको देवि माध्यमिक विद्यालयले ‘केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड, २०८०’ प्राप्त गरेको छ । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच सामुदायिकतर्फको अब्बल शिक्षण संस्था देवि मावि उक्त अवार्डबाट सम्मानित भएको हो ।

योग्य र दक्ष विद्यार्थी उत्पादन गर्ने उद्देश्यले विसं २०१९ देखि प्राथमिक देखि उच्च माध्यमिक तहसम्मको शिक्षा प्रदान गर्दै आएको देवि माध्यमिक विद्यालयले नेपाली र अंग्रेजी माध्यममा पठन पाठन गराउँदै आएको छ । यस विद्यालयमा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकायमा पढाई हुँदै आएको छ ।

Logo