धरानको पब्लिक हाईस्कुललाई केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड

धरानको पब्लिक हाईस्कुललाई केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड


धरान जिल्लाको पब्लिक हाईस्कुलले ‘केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड, २०८०’ प्राप्त गरेको छ ।  

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच सामुदायिकतर्फको अब्बल शिक्षण संस्था पब्लिक हाईस्कुललाई उक्त अवार्डबाट सम्मान गरेको हो । 

नमुना विद्यालयका रुपमा परिचित पब्लिक स्कुलमा हाल लगभग ३ हजार ३०० विद्यार्थी अध्ययनरत छन् । 

नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुने यस विद्यालयमा अंग्रेजी माध्यममै पढाइ हुन्छ । कक्षा ८ देखि १२ सम्म नेपाली माध्यममा पनि पढाइ हुँदै आइरहेको छ । नमुना विद्यालयका रुपमा परिचित पब्लिक स्कुलमा निरन्तर बढिरहेको विद्यार्थीको संख्या र सुधारिएको शिक्षाको मुल्याङकन गर्दै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो । 

शिक्षा, व्यवस्थापन, मानविकी, विज्ञान र टेक्निकल इन्जिनियरिङ गरी पाँच वटा फ्याकल्टीमा पढाइ हुँदै आइरहेको यस विद्यालयमा प्लस टुमा मात्रै १५ सय विद्यार्थी अध्ययनरत छन् । यस वर्ष मात्र अन्य विद्यालयबाट यहाँ भर्ना हुन आउने विद्यार्थी संख्या ६०० भन्दा बढी छ ।

Logo