बालमन्दिर माविलाई उत्कृष्ट विद्यालय अवार्ड प्रदान

बालमन्दिर माविलाई उत्कृष्ट विद्यालय अवार्ड प्रदान


कास्कीको बालमन्दिर माध्यमिक विद्यालयले उत्कृष्ट अवार्ड प्राप्त गरेको छ । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमबीच सामुदायिकतर्फको अब्बल शिक्षण संस्था मालमन्दिर माविलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

२०२४ सालमा स्थापना भएको वालमन्दिर माध्यमिक विद्यालयमा हरेक क्षेत्रबाट आउने गरिब र मेधावी विद्यार्थीहरूलाई अभिभावकत्व र आधारभूत शिक्षा प्रदान गर्न सफल भएको छ । राष्ट्रिय स्तरमा शैक्षिक उत्कृष्टताको गौरवशाली इतिहाससँगै विद्यालयले विज्ञान, व्यवस्थापन र शिक्षामा प्लटुका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

Logo