ओखलढुंगाको वरुणेश्वर माविलाई उत्कृष्ट विद्यालय अवार्ड

ओखलढुंगाको वरुणेश्वर माविलाई उत्कृष्ट विद्यालय अवार्ड


ओखलढुंगामा रहेको वरुणेश्वर माध्यमिक विद्यालयले उत्कृष्ट विद्यालय अवार्ड पाएको छ । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमबीच सामुदायिकतर्फको अब्बल शिक्षण संस्था करुणेश्वरी माविलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

विं सं २००८ मा स्थापना भए पनि २०२५ देखि मात्र एसएलसी दिने मान्यता पाएको थियो । वरुणेश्वर माविले विं सं २०५० देखि कक्षा १२ सम्मको अनुमति लिएको हो । विद्यालयमा प्राविधिक समूहतर्फ कक्षा ९ देखि पशु विज्ञान पढाइ हुने गर्छ । कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी संकायको पढाइ हुने गरेको छ ।

विद्यालयमा शिक्षक अनुपस्थित भएका बेला विद्यार्थी स्वयंले श्रव्यदृश्य सामग्रीका माध्यमबाट ‘भर्चुअल क्लास’ लिने व्यवस्था समेत गरिएको छ ।

Logo