कालिका माविलाई केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड

कालिका माविलाई केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड


नेपालकै नमुना विद्यालयका रूपमा परिचित बुटवलको कालिका माध्यमिक विद्यालयलाई ‘केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड, २०८०’ प्रदान गरिएको छ । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच सामुदायिकतर्फको अब्बल शिक्षण संस्था कालिका माविलाई अवार्ड प्रदान गरिएको हो ।  

कालिका माविले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो । 

अंग्रेजी माध्यम, शिक्षण र शैक्षिक पद्धतिमा सुधार ल्याएपछि यो सामुदायिक विद्यालयमा भर्ना हुन निजी स्कुलका विद्यार्थीसमेत आउने गरेका छन् । नयाँ शैक्षिक सत्रमा भर्नाका लागि प्रवेश परीक्षा दिएकामध्ये कालिकामा एक हजार पाँच सय विद्यार्थीले भर्ना हुन पाएनन् । 

Logo