जनज्योती माविलाई केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड

जनज्योती माविलाई केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड


सुर्खेतको जनज्योती माध्यमिक विद्यालयले  ‘केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड, २०८०’ प्राप्त गरेको छ । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच जनज्योती माविलाई उक्त अवार्ड प्रदान गरिएको हो । 

विद्यालयको नतिजा, विद्यार्थीको उपस्थिति, पूर्वाधार विकास, विद्यालय व्यवस्थापन समितिको गतिविधिलगायतका पक्षहरूको मूल्यांकन गरेर नमुना विद्यालयका रुपमा केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो ।

विद्यार्थी र अभिभावकसँग परामर्श गर्न हेल्पडेस्क स्थापना, विद्यार्थीको समस्यालाई निरन्तर निगरानी गर्ने, उनीहरूको मनोविज्ञान बुझेर अध्यापन गराउने, प्रशासनिक कामलाई व्यवस्थित र शैक्षिक कामलाई गुणस्तरीय बनाउन विद्यालय लागि परेको छ ।

Logo