रामबहादुर खड्का ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान’बाट सम्मानित

रामबहादुर खड्का ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान’बाट सम्मानित


उच्च माध्यमिक विद्यालय अध्ययनमा महत्वपूर्ण योगदान दिएका रामबहादुर खड्का ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान, २०८०’ बाट सम्मानित भएका छन् । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंको नक्सालस्थित होटल मेरिएटमा आयोजित एक विशेष कार्यक्रमकाबीच खड्कालाई उक्त सम्मान प्रदान गरेको हो । 

तत्कालिन एच.एस.ई बीको सदस्य सचिवदेखि कार्यबाहक प्रमुखसम्मको भूमिका निर्वाह गर्दा खड्काले लागु गराएका योजना र नीतिनियम अहिले पनि प्लस टु शिक्षामा उदाहरणीय रुपमा लिने गरिन्छ । विद्यालय तहभित्रै प्लस टु पर्ने नेपाल सरकारको नीतिलाई मध्यनजर गर्दै सोही अनुकुल भर्ना र दश जोड दुई अध्ययन गर्ने उच्च माविका लागि नयाँ परिधि उनकै नेतृत्वमा कोरिएका हुन् । 

Logo