डा. माधवप्रसाद बराल ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान’बाट सम्मानित

डा. माधवप्रसाद बराल ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान’बाट सम्मानित

केन्द्रबिन्दु
0
Shares

नेपालको शैक्षिक स्तरलाई एउटा नयाँ उचाईमा पुर्याउन सफल डा. माधवप्रसाद बराल ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान २०८०’ बाट सम्मानित भएका छन् । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंको नक्सालस्थित होटल मेरिएटमा आयोजित एक विशेष कार्यक्रमकाबीच बराललाई उक्त सम्मान प्रदान गरेको हो । नयाँ र अन्तर्राष्ट्रिय शैलीमा अध्यापन गराउँदै उनकै अग्रसरतामा २०५० सालमा खुलेको नेशनल स्कुल अफ साईन्स एन्ड टेक्नोलोजी (निस्ट)ले उत्पादन गरेको जनशक्तिले अहिले देश तथा विदेशमा धेरै संघसंस्थाको नेतृत्व गरिरहेको छ । 

रोनास्टमा वैज्ञानिकका रुपमा समेत काम गरेका डा. बरालले शैक्षिक क्षेत्रमा विज्ञान विषय अध्ययन अध्यापन गर्ने पहिलो निजी शिक्षण संस्था स्थापना गराएर नयाँ अध्याय सुरु गरेका थिए । 

Logo