कमलप्रसाद लालकर्णलाई ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान’

कमलप्रसाद लालकर्णलाई ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान’

केन्द्रबिन्दु
0
Shares

नेपालको शैक्षिक क्षेत्र सुधारका लागि महत्वपूर्ण कदम चालेका कमलप्रसाद लालकर्ण ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान २०८०’ बाट सम्मानित भएका छन् । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंको नक्सालस्थित होटल मेरिएटमा आयोजित एक विशेष कार्यक्रमकाबीच शैक्षिक क्षेत्रमा झण्डै ३५ वर्ष लामोसमय विताएका लालकर्णलाई उक्त विशिष्ट शिक्षा सम्मान प्रदान गरेको हो । 

तत्कालिन श्री ५ को सरकारको क्षेत्रीय शिक्षा निर्देशक भएका समय त्यही हुटहुटीलाई नीति र योजनामा समेट्दै उनले लागु गरेका कार्यक्रमको गारेटोले अहिले राजमार्गको रुप लिएको छ । तत्कालिन उच्च माध्यमिक परिषद्को सदस्य सचिव हुँदा होस वा जिल्ला शिक्षा अधिकारी भएर विभिन्न जिल्ला पुगेका बेला किन नहोस शिक्षा क्षेत्रलाई गति दिन उनको योगदान अतुलनीय छ ।

Logo