पद्मकन्या विद्याश्रम माविकी प्रधानाध्यापक रिता तिवारी ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान २०८०’बाट सम्मानित भएकी छन् ।
केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंको नक्सालस्थित होटल मेरिएटमा आयोजित एक विशेष कार्यक्रमकाबीच शिक्षा र सीपमूलक अभ्यासलाई संगसंगै लगेर शैक्षिक रुपान्तरणमा क्रियाशिल रहेकी प्रधानाध्यापक तिवारीलाई उक्त विशिष्ट शिक्षा सम्मान प्रदान गरिएको हो ।
गुणस्तरीय, समावेशी तथा समतामुलक शिक्षामा जोड दिँदै लामो समयदेखि पद्मकन्या विद्याश्रम माविको नेतृत्व गरिरहेकी तिवारीको योगदान शैक्षिक क्षेत्रमा कसैसँग तुलना गर्नै सकिन्न । २०६१ सालबाट पद्मकन्यामा विज्ञान शिक्षकका रुपमा प्रवेश गरेकी उनले सफल प्राचार्य बन्दै अहिले सोही संस्थाको नेतृत्व गरिरहेकी छन् ।





























प्रतिक्रिया