पिनाकल एकेडेमीका प्रिन्सिपल डा. ऋषि तिवारीलाई ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान’

पिनाकल एकेडेमीका प्रिन्सिपल डा. ऋषि तिवारीलाई ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान’

केन्द्रबिन्दु
0
Shares

निरन्तर उत्कृष्टता हासिल गर्ने शिक्षण संस्था पिनाकल एकेडेमीका प्रिन्सिपल डा. ऋषि तिवारी ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान २०८०’बाट सम्मानित भएका छन् ।

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंको नक्सालस्थित होटल मेरिएटमा आयोजित एक विशेष कार्यक्रमकाबीच तीन दशक बढी समयदेखि शैक्षिक क्षेत्रमा सक्रिय रहेका तिवारीलाई उक्त प्रदान गरेको हो । 

उनले नेतृत्व गरेको शैक्षिक संस्थाबाट उतिर्ण भएका विद्यार्थीले हरेक क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै नेपालको नाम विश्वसामु चिनाएका छन् । शिक्षालाई ज्ञान र सिपसँग जोडे मात्रै व्यवहारिक बनाउन सकिन्छ भन्ने सिद्धान्त स्थापित गराउन पनि उनी सफल छन् । 

Logo