आइएसटी कलेजद्वारा कक्षा ११ पढ्ने विद्यार्थीलाई स्वागत

आइएसटी कलेजद्वारा कक्षा ११ पढ्ने विद्यार्थीलाई स्वागत


आइएसटी कलेजले ११ कक्षा पढ्ने विद्यार्थीलाई लक्षित गरेर स्वागत कार्यक्रम आयोजना गरेको छ । बुधबार आयोजित कार्यक्रममा आईएसटी कलेजले ११ कक्षामा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको हो ।
 
होटल म्यानेजमेन्ट संकायको दोस्रो वर्षमा अध्ययनरत तेस्रो सेमेस्टरका विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रम इभेन्ट म्यानेजमेन्टअन्तर्गत आयोजना भएको कलेजको भनाइ छ । कलेजले यो कार्यक्रमलाई समेत कोर्सभित्रको एउटा प्रोजेक्टका रुपमा लिएको छ । 

प्रिन्सिपल बस्न्यातका अनुसार कार्यक्रमका लागि आवश्यक पर्ने कन्सेप्ट, अर्थ व्यवस्था, व्यवस्थापनको जिम्मेवारीलगायत सबै कुराको जिम्मेवारी विद्यार्थीहरुले नै लिएका थिए । कार्यक्रममा विद्यार्थीहरुले नाच्ने, गाउनेलगायत प्रतियोगितात्मक क्रियाकलापसमेत आयोजना गर्दै आएका छन् । 

यसैगरी विद्यार्थीहरुले लर्निङ वाई डुईङको नारालाई आत्मसाथ गर्दै पढाइसँगसँगै फिल्डमै उत्रेर कार्य सम्पन्न गरेका हुन् । स्वागत कार्यक्रम गर्नुको उद्देश्यबारे प्रिन्सिपल बस्न्यात भन्छिन् ।  
 
स्वागत कार्यक्रममा पुर्याएको योगदानलाई समुहगत र व्यक्तिगत रुपमै मुल्याङकन गरी कलेजले विद्यार्थीहरुलाई अंक दिनेछ । इन्टनसिपमा जानुअघि यसप्रकारका कार्यक्रमले सहज हुने विद्यार्थीहरुको बुझाई छ ।

Logo