शैक्षिक परामर्श समन्वय समितिमा कटुवाल र रिजाल मनोनित

शैक्षिक परामर्श समन्वय समितिमा कटुवाल र रिजाल मनोनित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) का अध्यक्ष युवराज कटुवाल र ब.उपाध्यक्ष गीता रिजाल शैक्षिक परामर्श समन्वय समितिमा मनोनित भएका छन् ।

नेपाल सरकारको शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयको असार १८ गतेको मन्त्रीस्तरिय निर्णय अनुसार शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धि निर्देशिकामा भएको ब्यवस्था बमोजिम उनीहरुलाई मनोनित गरिएको हो ।

शैक्षिक परामर्श समन्वय समितिमा मनोनित दुवैलाई स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेको छ।

 

Logo