‘शिक्षा क्षेत्रमा पर्याप्तमा बजेट विनियोजन गर्न नसक्नु नै सरकारको कमजोरी’ -ऋषिराम कँडेल [भिडियाे]

‘शिक्षा क्षेत्रमा पर्याप्तमा बजेट विनियोजन गर्न नसक्नु नै सरकारको कमजोरी’ -ऋषिराम कँडेल [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

काष्ठमण्डप कलेजका प्रमुख कार्यकारी अधिकृत ऋषिराम कँडेलले आफ्नै माटोमा नेपालीले भविष्य देख्न नसक्नुमा सरकार मुख्य दोषी भएको बताएका छन् । 

सरकारले शिक्षालाई प्राथमिकतामा राखेर काम गर्न सके मात्र  नेपालको परिवेशमा शैक्षिक विकास सम्भव हुने उनले बताएका छन् । शैक्षिक क्षेत्रमा विकास गर्न शिक्षालाई सरकारले प्राथमिकता दिनुपर्ने उनको तर्क छ ।

नेपालमा राम्रो भविष्य नदेख्ने ट्रेण्ड नै बनिसकेकाले यसलाई न्यूनिकरण गर्न सरकारले शिक्षामा परिवर्तन ल्याउन सक्नुपर्ने प्रमुख कार्यकारी अधिकृत कँडेलले बताए । देशको अवस्था यस्तै रहने हो भने अहिले केही मात्रामा मात्र विद्यार्थीहरु बाहिरिएकाे र एकदिन ठूलो मात्रामा मानिसहरु नै बाहिरिने दिन आउनसक्ने उनले बताएका छन् ।

Logo