कक्षा ११ का विद्यार्थीलाई समेट्दै पिनाकल कलेजकाे ‘ओरेन्टेसन प्रोग्राम’ सम्पन्न

कक्षा ११ का विद्यार्थीलाई समेट्दै पिनाकल कलेजकाे ‘ओरेन्टेसन प्रोग्राम’ सम्पन्न

केन्द्रबिन्दु
0
Shares

पिनाकल कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई समेटेर ‘ओरेन्टेसन प्रोग्राम’ सञ्चालन गरेको छ । 

लेखक सरद राज न्यौपानेको अध्यक्षतामा सुरु भएको कार्यक्रममा मुख्य अतिथिका रुपमा मिड वेस्टर्न युनिर्भसिटीका पूर्वउपकुलपति तथा एचएसईबीका पूर्वभाइस चेयरमेन प्रोफेसर डा. उपेन्द्र कोइरालालगायतकाे उपस्थिति रहेकाे थियाे । 

कलेजका प्रिन्सिपल डा.ऋषि तिवारीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत मन्तब्य दिएका थिए । 

कार्यक्रममा कक्षा १२ मा पढ्ने विद्यार्थीहरुले विभिन्न प्रकारका नाचगान र सांस्कृतिक प्रतिभाहरु प्रस्तुत गरेका थिए । 

यसैगरी कलेजकी विद्यार्थी तथा कलाकार रिमा विश्वकर्माले कार्यक्रममा आफू पाहुनाको रुपमा उपस्थित हुन पाउँदा खुशी लागेको बताइन् ।

कार्यक्रममा स्टयान्डप कमेडियन सुमन कार्कीले विद्यार्थीसहित उपस्थित सबैलाई केहीबेर मनोरञ्जन प्रदान गरेका थिए ।  सरकारी विद्यालयमा पढ्दाताको अनुभव साट्दै उनले शीर्ष नेताको क्यारिकेचर गरेका थिए ।  

कार्यक्रममा समापन मन्तब्य राखेका प्रमुख अतिथि एचएसईबीका पूर्वभाइस चेयरमेन कोइरालाले एउटा विद्यार्थीका लागि बुवाआमा सरह शिक्षकको समेत महत्व उत्तिकै हुने धारणा राखेका थिए ।  

कार्यक्रममा पूर्वविद्यार्थीहरुको समेत बाक्लो उपस्थिति थियो । 

Logo