आईएसटीद्वारा कक्षा १२ का विद्यार्थीलाई टिएसएस भोकेसन सर्टिफिकेट प्रदान

आईएसटीद्वारा कक्षा १२ का विद्यार्थीलाई टिएसएस भोकेसन सर्टिफिकेट प्रदान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ज्ञानेश्वरस्थित स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (आईएसटी)ले एक विशेष कार्यक्रम गर्दै कक्षा १२ का विद्यार्थीलाई टुरिजम स्कुल अफ साल्सवर्गको भोकेसन सर्टिफिकेट प्रदान गरेको छ । 

टुरिजम स्कुल साल्जवर्गको सम्बन्धन प्राप्त आईएसटी सेकेन्डरी स्कुलले म्यानेजमेन्ट र टुरिजमतर्फ प्लस टू दिएका विद्यार्थीहरुलाई २ वर्षे एक्टेन्सिभ प्राक्टिकलका साथै ६ महिने इन्टनसिपपछि टुरिजम स्कुल अफ साल्सवर्गको भोकेसन सर्टिफिकेट प्रदान गरेको हो । 

प्लस टूमा अन्य कलेजको भन्दा भिन्न विषय होटल म्यानेजमेन्ट र टुरिजम म्यानेजमेन्टमा विशेष कार्यक्रमहरु थप गरेर आईएसटीले म्यानेजमेन्ट र टुरिजम म्यानेजमेन्टका प्राक्टिकल कक्षाहरु संचालन गर्दै आएको छ ।

प्लस टूमा अन्य कलेजको भन्दा भिन्न विषय होटल म्यानेजमेन्ट र टुरिजम म्यानेजमेन्टमा विशेष कार्यक्रमहरु थप गरेर आईएसटी सेकेन्डरी स्कुलले म्यानेजमेन्ट र टुरिजम म्यानेजमेन्टका प्राक्टिकल कक्षाहरु संचालन गर्दै आएको छ । कक्षा १२ को पाठ्यक्रमभन्दा बढी विषयलाई समेटेर प्राक्टिकल शिक्षा दिने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको कलेजका सिईओ नरेन्द्र बज्राचार्यले बताए ।

 

सिईओ बज्राचार्यका अनुसार आइएसटी कलेजबाट उत्पादित विद्यार्थीसँग निपूर्ण क्षमता भएकाले आफ्नो कलेजबाट उत्पादित योग्य जनशक्ति विश्वको जुनसुकै होटेलमा गएर सजिकै काम गर्न सक्नेछन्।

 

Logo