काठमाडौं ।
कोरोना भाइरसले यतिबेला देशका सबै क्षेत्रमा प्रभाव बनाएको छ । यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण प्रभावित बनेको वैदेशिक रोजगारीमा जाने विद्यार्थीलाई परार्मश दिंदै आएको शैक्षिक परामर्श क्षेत्र पनि प्रभावित छ । यसलाई पनि सरकारले अतिप्रभावित भएको क्षेत्रमा समेट्नु पर्ने माग गरिएको छ ।
लकडाउनका कारण उद्योग, कलकारखाना, व्यापार व्यवसाय तथा अन्तर्राष्ट्रिय उडानसमेत बन्द हुँदा बैदेशिक रोजगारीको लागि परार्मशको भूमिका खेलिरहेको इक्यान पनि अन्य क्षेत्र जतिकै प्रभावित भएको हो । त्यसैले सरकारले यसलाई पनि अति प्रभावित भएको क्षेत्रमा राखेर राहत दिनु पर्ने इक्यानका अध्यक्ष प्रकाश पाण्डेले केन्द्रबिन्दुसँगको विशेष कुराकानीमा बताए ।
उनका अनुसार लकडाउन भन्दा अगाडि फागुनदेखि नै नेपाली विद्यार्थीलाई असर पर्छ भनेर अन्तर्राष्ट्रिय उडान समेत बन्द रहेकाले अहिलेसम्म इक्यानको अवस्था शुन्य रहेको छ । उनले भने, ‘लकडाउनको अवधिमा पनि इक्यानले विद्यार्थीहरुको लागि परामर्श दिन, उनीहरुलाई हौशला प्रदान गर्ने काम गरिरहेको छ । हामी शुन्य समयमा पनि केहि गतिविधि अगाडी बढाउदै छौं ।’
उनले यो क्षेत्र कोरोना भाइरसको असरले गहिरोरुपमा प्रभावित भएकाले अबको ४ वर्षसम्म माथि उठ्न नसक्ने गरी थला परेको पनि बताए । त्यसैले सरकारले यो क्षेत्रलाई पनि सहुलियत कर्जाको व्यवस्था गरी कोरोनाबाट सुरक्षित देशहरुमा पढ्न जाने विद्यार्थीलाई पठाउने व्यवस्था गर्नु पर्ने उनले माग गरेका छन् ।पाण्डेसँग केन्द्रबिन्दुले गरेको कुराकानी हेरौं यो भिडियोमा :





























प्रतिक्रिया