काठमाडौँ बिजनेश क्याम्पसले एक महिने बेसिक नेटवर्किङ्ग तथा अपरेटिङ्ग सिस्टमको निःशुल्क तालिम सञ्चालन गर्ने

काठमाडौँ बिजनेश क्याम्पसले एक महिने बेसिक नेटवर्किङ्ग तथा अपरेटिङ्ग सिस्टमको निःशुल्क तालिम सञ्चालन गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको बनस्थलीमा रहेको काठमाडौँ बिजनेश क्याम्पस (केबीसी)ले कक्षा १२ उत्तिर्ण गरेका विद्यार्थीहरूका लागि एक महिने बेसिक नेटवर्किङ्ग तथा अपरेटिङ्ग सिस्टमको निःशुल्क तालिम सञ्चालन गर्ने भएको छ । 

क्याम्पसले यहि आगामी भदौ २१ गते बिहीवारदेखि दैनिक डेढ घण्टा सैद्धान्तिक तथा व्यावहारिक तरिकाले सिस्को सिस्टम्सबाट मान्यता प्राप्त प्रशिक्षकबाट निःशुल्क तालिम सञ्चालन गर्न लागेको हो । 

तालिम लिइसकेपछि प्रशिक्षार्थीहरूले विस्तृत रूपमा नेटवर्किङ्ग तथा अपरेटिङ्ग सिस्टमको सैद्धान्तिक र व्यावहारिक ज्ञान र शिप हासिल गर्ने क्याम्पसले विश्वास लिएको छ ।

अहिलेको डिजिटल विश्वमा सूचना प्रविधिको क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्नेहरूका लागि तथा यस क्षेत्रमा काम गर्न चाहनेहरूका लागि नेटवर्किङ्ग तथा अपरेटिङ्ग सिस्टमको ज्ञान र शिप अति महत्वपूर्ण र आवश्यक छ र यसै उद्देश्यका साथ यो निशूल्क तालिम सञ्चालन हुँदैछ । यो तालिम सफलतापूर्वक सम्पन्न गरेपछि प्रशिक्षार्थीहरूले विस्तृत रूपमा नेटवर्किङ्ग तथा अपरेटिङ्ग सिस्टमको सैद्धान्तिक र व्यावहारिक ज्ञान र शिप हासिल गर्ने क्याम्पसले विश्वास लिएको छ । 

कक्षा १२ उत्तिर्ण भई सूचना प्रविधिको क्षेत्रमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूले सम्पर्क गरी निःशुल्क भर्ना तथा तालिम लिनसक्ने क्याम्पसले जनाएको छ ।  

यस तालिममा सहभागि भई सफल हुने प्रशिक्षार्थीहरूले सिस्को सिस्टम्सबाट प्रमाणपत्र प्राप्त गर्नेछन् । 

विद्यार्थीलाई सिर्जनात्मक बनाउन जोड दिँदै आएको केबीसी स्वच्छ, सुन्दर स्थान काठमाडौंको वनस्थलीमा अवस्थित छ । त्रिभुवन विश्वविद्यालबाट सम्बन्धन प्राप्त यस क्याम्पसमा ब्याचलर अफ बिजनेश स्टडीज (बीबीएस) र ब्याचलर अफ कम्प्युटर एप्लीकेसन (बीसीए)काे ४ वर्षे (८ सेमेष्टर)मा अध्यापन हुँदै आएको छ । कक्षा १२ उत्तिर्ण भई सूचना प्रविधिको क्षेत्रमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूले सम्पर्क गरी निःशुल्क भर्ना तथा तालिम लिनसक्ने क्याम्पसले जनाएको छ ।  

Logo