शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि इन्जिनियर योगेश अर्यालले नेपालमा ‘एआई’ क्षेत्रमा राम्रो करियर भएको बताएका छन्।
काठमाडौँको बनस्थलीमा रहेको काठमाडौँ बिजनेश क्याम्पस (केबीसी) ले सञ्चालन गरेकाे ‘टेक ट्रेण्डस् २०२३’ सिम्फोजियम कार्यक्रमको टेबल डिस्कसनमा बोल्दै उनले नेपालमा ‘एआई’ क्षेत्रमा राम्रो करियर भएको बताएका हुन्।
उनले नेपालमा काम छैन नेपालमा केही हुन्न भन्नुको सट्टा आफ्नो क्षमतअनुसार आफ्नो फिल्ड रोजेर प्राविधिक विषयमा नेपालमै केहि नयाँ र उदाहरणिय कार्य गर्न सकिने बताए।
उनले नेपाल प्रविधिक रूपमा पछि भएता पनि कमलको फूल हिलोमा नै फूल्ने भएकाले प्रविधिको अभाव छ भनेर बस्नु भन्दा भएकै श्रोतबाट धेरै भन्दा धेरै फाइदा लिन समेत सुझाव दिए।





























प्रतिक्रिया